अमेरिकी राष्ट्रपति ट्रम्पसँग परराष्ट्रमन्त्रीको एक मिनेट भेट
अमेरिका : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शिष्टाचार भेटघाट भएको छ ।
संयुक्तराष्ट्र संघको महासभामा उपस्थित राष्ट्रप्रमुख तथा प्रतिनिधिलाई राष्ट्रपति ट्रम्पले दिएको रात्री भोजका क्रममा बुधबार भेटघाट भएको हो ।
भेटघाटमा क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको अवस्थाबारेमा चासो व्यक्त गरेका छन् । १ मिनेट भएको भेटवातामा मन्त्री ज्ञवालीले अमेरिकासँगको सम्बन्ध थप प्रगाढ हुँदै गएको प्रतिक्रिया दिए ।
राष्ट्रप्रमुख तथा प्रतिनिधिलाई अमेरिकी राष्ट्रपतिले रात्री भोज दिने र प्रत्येक देशका प्रमुखसँग शिष्टाचार भेटघाट गर्ने चलन छ । त्यस क्रममा दुई देशका बीचमा अनौपचारिक कुराकानी गर्ने र फोटो खिच्ने चलन छ ।