मेलिना बनिन् मुस्ताङ सुन्दरी (भिडियाे)

मेलिना बनिन् मुस्ताङ सुन्दरी (भिडियाे)

जोमसोम : मुस्ताङ सुन्दरी प्रतियोगिताको उपाधि मेलिना थकालीले जितेकी छन्। थाक खेलकुद तथा सांस्कृतिक विकास संघले मुस्ताङको जोमसोममा गरेको मुस्ताङ सुन्दरी २०७६ प्रतियोगिता अन्तर्गत मंगलबार भएको ग्रान्ड फिनालीमा चार प्रतिस्पर्धीलाई उछिन्दै घरपझोङ गाउँपालिका ३ स्याङकी मेलिना मुस्ताङ सुन्दरी घोषित भएकी हुन्।

आइतबार र सोमबार भएको मुस्ताङ सुन्दरी अडिसनको प्रस्तुति मूल्यांकन गर्दै उनलाई निर्णायकहरू अंकिता शेरचन र टशी गुरुङले मुस्ताङ सुन्दरी घोषणा गरेका हुन्। मुस्ताङको थाकखोलामा अवस्थित कुल ८ वटा गाउँका युवा क्लबमा आवद्ध युवती मुस्ताङ सुन्दरी प्रतियोगितामा सहभागी जनाएका थिए।

फर्स्ट तथा सेकेन्ड रनरअपसँग मेलिना (बिचमा)।

हिँडाई, बोलाई र शारीरिक हाउभाउ लगायतका विधामा १०० पूर्णाङ्क राखेर प्रस्तुति गर्न लगाइएको थियो। यस्तै दोश्रो दिनको प्रस्तुतिमा गोलाप्रथाद्वारा मिस मुस्ताङ सुन्दरी प्रतियोगिहरूलाई प्रश्नको उत्तर दिन लगाइएको थियो। पहिलो दिनको प्रस्तुतीलाई मुल्याङ्कन गरी कुल ८ मध्ये ५ सुन्दरीलाई ग्रान्ड फिनालीमा चयन गरिएको निर्णायक अंकिता शेरचनले जानकारी दिइन्।

मेलिनालाई महिला सशक्तिकरणका विषयमा बोल्न लगाइएको थियो। उनले महिला हकअधिकारको संरक्षण र समृद्धन गर्ने श्रोत नै महिला सशक्तिकरण हो भन्ने तार्किक उत्तर दिएकी थिइन्।  महिलाहरूलाई घरको चौघेरोमा राख्‍ने विद्यमान प्रवृत्तिको अन्त्य गर्दै शिक्षा र स्वास्थ्य लगायतमा महिलालाई पनि समान अवसर प्राप्त हुनुपर्ने धारणा राखेकी थिइन्।

आफू मुस्ताङ सुन्दरी भएपछि समाजका कुसंस्कार कुरिति र अन्धविश्वासको अन्त्य गर्न र महिला उत्थानका लागि लड्न प्रतिबद्धता समेत जनाएकी थिइन्।

मुस्ताङ सुन्दरीको ग्रान्ड फिनाली अडिसनमा टुकुचेकी एलिसा तामाङ, मनिषा हिराचन ताक्लुङ, एलिना गुरुङ जोमसोम शान्ता केशी कोवाङ र मेलिना थकाली स्याङ मुस्ताङ सुन्दरीका लागि आमने सामने भएका थिए।

मुस्ताङ सुन्दरी मेलिना थकालीलाई यसअघिकी मुस्ताङ सुन्दरी अपेक्षा थकालीलाई मिस मुस्ताङको ताज पहिराइदिएकी थिइन्।

भिडियाे


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.