शान्ति मिसनमा नेपालको सहयोग निरन्तर रहन्छ : मन्त्री ज्ञवाली

शान्ति मिसनमा नेपालको सहयोग निरन्तर रहन्छ : मन्त्री ज्ञवाली

न्यूयोर्क : विश्व शान्तिका लागि राष्ट्रसंघको शान्ति मिसनमा निरन्तर सहयोग र सहकार्य गर्न नेपालले पुनःप्रतिवद्धता जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले शान्ति मिसनमा राष्ट्रसंघसँग सहकार्य गर्ने र नेपालको तर्फबाट सहयोग जारी रहने प्रतिवद्धता जनाएका हुन् ।

 
बुधबार न्यूयोर्कमा अन्तर्राष्ट्रिय शान्ति संस्थान आइपिआइले आयोजना गरेको राष्ट्र संघ र क्षेत्रीय तथा उपक्षेत्रीय संगठनका बीचको सम्बन्धबारे शान्ति परिचालन विषयक एक उच्चस्तरीय सम्वादमा मन्त्री ज्ञवाली सहभागी थिए । 

उनले त्यहाँ नेपालले अधिकृतस्तरको शान्ति सेनाको संख्या बढाउन पनि माग गरेका छन् । कतिपय बलिया मुलुकका फोर्स कामण्डर, सेक्टर कमाण्डर जाने र पर्यवेक्षक पनि उनीहरु मात्र हुने हुँदा त्यसमा सेनाको उपस्थितिको आधारलाई नियाल्नुपर्ने उनले बताएको एक सहभागीले बताए ।

यसैगरी मन्त्री ज्ञवालीले भूपरिवेष्ठित मुलुकहरुको बैठकलाई बुधबार सम्बोधन गरेका छन् । अमेरिकामा जारी राष्ट्रको ७४ औं महासभा बैठकअन्तर्गत भूपरिवेष्ठित मुलुकको सहायक बैठकलाई मन्त्री ज्ञवालीले सम्बोधन गरेका हुन् । मन्त्री ज्ञवालीले बैठकलाई सम्बोधन गर्दै भूपरिवेष्ठित मुलुकका बीचमा सम्बन्ध दीर्घकालिन तथा प्रगाढ बनाउनुपर्ने भन्दै विकासको चरणमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै, मन्त्री ज्ञवालीले बहरायन, नर्वे, साउदी अरब र भेनेज्वेलासँग छुट्टै उच्चस्तरीय भेटघाट गरेका छन् ।भेटघाटमा बहरायनका समकक्षी खालिद अहमदसँग द्विपक्षीय सहकार्यका साथै दुवैको देशको चासोका विषय श्रमिक, व्यापार र अन्यद्विपक्षीय फाइदाका विषयमा कुराकानी भएको नियोगले जनाएको छ ।

भेटका क्रममा दुवै देशका मन्त्रीले दुवै मुलुकको सम्बन्ध विस्तारलाई जोड दिँदै कामदारको हित र उच्चस्तरको काम र नेपालमा लगानीको विषयमा पनि छलफल गरेको जनाइएको छ।

मन्त्री ज्ञवालीले साउदी अरबका समकक्षी डाक्टर इब्राहिम बिन अब्दुलसँग पनि कुराकानी गरेका छन् । साउदी अरबका परराष्ट्रमन्त्री र मन्त्री ज्ञवालीका बीच पाइपलाइनमा रहेका विषयलाई टुङग्याउने बारे सहमति जुटेको छ । 

साउदीको सहयोग र लगानी रहने विभिन्न क्षेत्रमा नेपालले अघि बढाउनुपर्ने कार्यमा साउदीले चासो राखेको थियो । जलविद्युत र सिंचाईको क्षेत्रमा साउदीको लगानी र चासो रहँदै आएको छ ।

मन्त्री ज्ञवालीले नर्वेजियन अन्तर्राष्ट्रि विकास मन्त्रीडाग इंगि उल्सटेरिनसँग सहकार्य, लगानी, महासभामा उठेका अन्तर्राष्ट्रिय विषय, सहयोग र राष्ट्र संघसँग सम्बन्धित रहेर कुराकानी गरेको जनाइएको छ ।

सार्क विदेश मन्त्रीस्तरीय बैठक

बिहीबार राति मन्त्री ज्ञवाली सार्क राष्ट्रको महत्वपूर्ण मन्त्रीस्तरीय बैठकमा सहभागी हुँदैछन् । उनले महासभाको साइडलाइनमा सार्कको विदेशमन्त्रीस्तरीय अनौपचारिक बैठक गर्नेछन् । त्यसमा उनको अध्यक्षता रहनेछ । नेपाल सार्कको अध्यक्ष रहेका कारण पनि उनले त्यहाँ सार्क शिखर सम्मेलन अघि बढाउने विषयमा पहल गर्नेछन् । 

नेपाल चार वर्षदेखि सार्कको अध्यक्षता गरिरहेको छ । सार्क शिखर सम्मेलन भारत र पाकिस्तानका कारण अल्झिएको छ । यसलाई सल्टाउन नेपालले पहल गर्ने भने पनि सम्भव भने भएको छैन ।

कश्मीरको विषयले भारत र पाकिस्तानको दूरी बढेको छ । यो अवस्थामा सार्कअघि बढ्नसक्छ भन्ने विषय आशंकामा नै छ । तर पनि नेपालले यसमा पहल गर्नु र भारत र पाकिस्तानका मन्त्रीहरु एकै स्थानमा राखेर पहल गर्नु शुभकार्य नै भएको अधिकारीहरु बताउँछन्।

कश्मीरमा भारतले लिएको कदमपछि पाकिस्तान र भारतका विदेशमन्त्री एकै बैठकमा सहभागी भएको यो पहिलो पटक हो । यसले केही हदसम्म उनीहरु बीच वार्ता गराउने हुनाले नेपालले आयोजन गर्ने उक्त विदेशमन्त्रीस्तरीय बैठक सार्कको गाँठो फुकाउने मात्र नभएर उनीबीच उपयोगी वार्ताको थालनीको रुपमा पनि लिन सकिन्छ ।

बुधबार नै महासभा बैठककै लागि अमेरिका आइपुगेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वास्थ्यसम्बन्धी स्वास्थ्य सेवा विषयक कार्यक्रममा सहभागि भए। उनी उपप्रधानमन्त्री भएपनि नेतृत्व भने परराष्ट्रमन्त्री ज्ञवालीको छ । सुशील कोइराला (हाल स्वर्गीय) प्रधानमन्त्री हुँदा अन्तिम समयमा न्यूयोर्क नजाने भएपछि उनले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई पठाएका थिए । यद्यपी उक्त कार्यक्रममा परराष्ट्रमन्त्री उनको सदस्यको रुपमा आएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.