सरकार आफ्नै गतिविधिका कारण असक्षम भयो : नेता पौडेल

सरकार आफ्नै गतिविधिका कारण असक्षम भयो : नेता पौडेल

दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको बोली एउटा र काम अर्को भएको टिप्पणी गरेका छन् । सरकार आफूले गर्ने काममा स्पष्टता नहुँदा अन्यौलमा रहेको र जनतालाई समेत निराशा बनाएको भन्दै आपत्ती जनाए।

दाङको तुलसीपुरमा व्यवसायीहरुले गरेको कार्यक्रलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले सरकार अलमलमा पर्दा त्यसको मारमा जनता परेको दावी गरे। उनले भने, ' सरकारको स्पष्ट नीति नै नहुँदा सरकार अलमलमा पर्‍यो। त्यसको मार जनताले खेप्नुपरेको छ।'

दुइतिहाईको सरकार आएपछि आफूमा केही आशा पलाएको तर आशाको एक रति पनि पूरा गर्न नसककेको भन्दै सरकारप्रति खनिए।  फरक प्रशंगमा नेता पौडेलले प्रदेश नम्बर पाँचको स्थायी राजधानी दाङ नै उपयुक्त हुने बताए। सबै प्रकारले दाङ नै राजधानीका लागि उपयुक्त भएको बताए ।

नेता पौडेलले नेकपाले चाहेमा दाङ राजधानी हुनलाई कसैले नरोक्ने बताए । 'मैले पार्टीको प्रदेशस्तरीय प्रशिक्षण भेला दाङमै गरेको थिएँ, दाङ नै मुख्य सेन्टरमा छ, उनले भने, 'प्रदेशको स्थायी राजधानी दाङभन्दा अरु ठाउँमा विकल्प छैन् ।'

उनले प्रदेश सरकार गठन भएको दुईवर्षसम्म पनि नाम र स्थायी राजधानीको टुंगो लाग्न नसक्नु दुखद् भएको बताए । जनताले कांग्रेसलाई नपत्याएकै कारण धोका भएको भन्दै नेता पौडेलले नागरिकलाई अन्यौलमा राख्नुभन्दा पनि तत्काल नाम र राजधानी टुंगो लगाउन प्रदेश सरकारलाई आग्रह गरे ।

उनले सरकार आफ्नै गतिविधिका कारण नै असक्षम देखिएको बताए । नेता पौडेलले सरकार आफ्नै कारण आलोचित बनेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले कांग्रेसलाई बलियो बनाउन नेताको गुणगानभन्दा संगठनलाई बलियो बनाउनतर्फ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.