स्याउ बेच्‍न जुम्लादेखि धादिङसम्म

स्याउ बेच्‍न जुम्लादेखि धादिङसम्म

धादिङ : जुम्ला जिल्लाको सिंजा गाउँपालिका-२ की निर्मला आचार्य स्याउ बिक्री गर्न यतिबेला धादिङवेशी आइपुगेकी छिन् । जुम्लाको अर्गानिक स्याउ लिएर अघिल्ला वर्षमा फरक-फरक जिल्ला जाने गरेकी आचार्य यसवर्ष धादिङवेशी आइपुगेकी हुन् ।

निर्मलालगायत ७ जना स्याउ कृषकको टोली यतिबेला धादिङवेशी बजारका टोल टोलमा स्याउ बेचिरहेका छन् । जुम्लादेखि नेपालगन्जसम्म एउटा गाडीमा, त्यसपछि मलेखुसम्म अर्को गाडीमा र मलेखुदेखि धादिङवेशीसम्म अर्को गाडी गर्दै उनीहरु धादिङ आइपुगेका हुन्।

७ दिन लगाएर १० भन्दा बढी जिल्ला पार गर्दै धादिङवेशी आइपुगेका उनीहरुले प्रतिकिलो १ सय ५० का दरले स्याउ बिक्री गरिरहेका छन् । करिब ५० कुइन्टल स्याउ लिएर धादिङ आएको उनीहरुको टोलीले यतिबेला आधाजसो स्याउ बेचिसकेका छन् । स्याउ बेच्नको लागि जिल्ला सदरमुकाम धादिङवेशीको एउटा सटर नै भाडामा लिएका छन्।घरदैलो गर्दै धादिङ पुगेका उनीहरु नुवाकोट जाने तरखरमा छन्।

चीन तथा भारतबाट भित्र्याइएका स्याउको बजार मुल्य अहिले २ सय ५० देखि ३ सयसम्म छ। उनीसँगै आएकी तारा जिसीले भनिन्, 'जुम्लाको हाम्रो स्याउ हेर्दा आकर्षक नदेखिए पनि स्वाद र गुणस्तरमा कुनै कमी छैन।तर पनि खरिद गर्नेहरु १ सय ५० महंगो भयो भन्दै घटाउन दवाव दिन्छन्। 

'विदेशी स्याउ ३ सय रुपैयाँ तिर्नेहरु जुम्ली स्याउ १ सय ५० रुपैयाँमा पाउँदा पनि महंगो भयो भन्दा चित्त दुखेको उनले बताइन्। जुम्लाका बगैचामा स्याउ टिपेको ३५ दिनपछि धादिङमा ल्याइएको अर्का कृषक प्रकाश आचार्यले बताए । उनले भने, हामीले विषादी हालेका छैनौं, मौरी मर्छन भनेर हामीलाइ विषादी हाल्नै दिइदैन पनि। चिसो हावापानीमा फलेको स्याउ विदेशी स्याउको तुलनामा धेरै फाइदाजनक छ । र पनि यहाँका स्थानीय जुम्लाका स्याउ हेला गर्छन् ।'

शीत भण्डार अभाव

स्याउ बेच्न आएकी कृषक निर्मलाको ५ सय वटा स्याउका बोट छन् । त्यस्तै तारा जिसीका बगैचामा पनि दुई हजार बोट स्याउ छन्। त्यस्तै विजकन्या जीसीको बगैचामा पनि १५ सय बोट छन् । उनले आफ्नो बगैचमा फलेका बाहेक अरुको बगैचाबाट खरिद गरेर स्याउ ल्याएको बताइन।

जुम्लामै प्रतिकेजी ८० रुपैयाँको दरले स्याउ खरिद गरेर ल्याएको विजकन्याले बताइन्।धेरै समय राख्न नसकिने भएपछि  स्याउ बेच्न हिँडेको तारा जिसीले दुखेसो पोखिइन।' गाउँमा भण्डार गर्ने ठाउँ छैन । दुई तीन महिनापछि कुहिन थाल्छ, 'ताराले भनिन्, ' शीतभण्डारण नभएकाले यसरी घर घर चहारेर बेच्नु परिरहेको छ ।'

गाउँपालिकाले जिल्लाबाट बाहिर बेच्न लैजाँदा सिफारिस बनाउन र प्रतिकिलो ११ रुपैयाँ कर उठाउने गरेको कृषक प्रकाश आचार्यले बताए । उनीहरुले स्याउका साथसाथै जुम्लाको सिमी पनि बिक्री गरिरहेका छन् । जिल्लाका किसानसँग कर उठाउने तर भण्डारणको व्यवस्था नगरिदिने स्थानीय सरकारसँग उनको दुखेसो छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.