कम्युनिस्टहरु असफल भएपछि ‘ट्युशन’ पढ्न थाले : पौडेल

कम्युनिस्टहरु असफल भएपछि ‘ट्युशन’ पढ्न थाले : पौडेल

दाङ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्ट आफ्नै अन्तरकलहका कारण सिद्धिने निश्चित रहेको बताएका छन्।

 
कांग्रेस दाङले श्रीगाउँमा गरेको सभालाई सम्बोधन गर्दे  नेता पौडेलले यस्तो बताएका हुन्। दुई पार्टीको एकीकरणपछि पनि देखिएको गुठ उपगुठ र अन्तरद्वन्द्वका कारण दुई तिहाईको सरकार समेत अप्ठ्यारोमा परेको उनको भनाइ छ।
 
‘नेपालमा कम्युनिस्ट व्यवस्था असफल भइसकेको छ’, उनले भने, ‘त्यसलाई सुधार गर्न चीनबाट कम्युनिस्टका नेता बोलाएर ट्युशन सुरु भएको छ।’ 

उनले अरुले सिकाएको कम्युनिस्ट व्यवस्था झन् कहिल्यै सफल नहुने दाबी गरे। पौडेलले वर्तमान सरकार महंगी, भ्रष्टाचार र लुटतन्त्र मच्चाउन लागिपरेकोले सरकारविरुद्ध देशव्यापी खबरदारी गर्नु परेको बताए। 

मंसिर १ मा हुने दाङ क्षेत्र नम्बर ३ खको प्रदेशसभा सदस्यको उप निर्वाचनलाई लक्षित गरि कांग्रेसले जिल्लामा सभा तथा कार्यक्रम बढाउदै गएको छ। त्यहि अन्तरगत बिहीबार आयोजित सभालाई पौडेलले सम्बोधन गरेका हुन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.