एक महिनामै भत्कियो कालोपत्रे

एक महिनामै भत्कियो कालोपत्रे

ताप्लेजुङ : फुङलिङ बजारको तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे निर्माणको एक महिना नपुग्दै भत्किएको छ ।

ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे भत्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै भुक्तानी लगिसकेका छन् । भत्किएको देख्दा देख्दै सघन सहरी तथा भवन निर्माण आयोजना झापाले अनुगमन गरेर पास गरेको स्थानीयको गुनासो छ ।

मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो । ‘असारे झरीमा रातदिन नभनी कालोपत्रे गरे । उतिबेलै भत्कन थालेको हो,’ सडक छेउमा घर भएका मदन गौतमले भने । २ वटा सोला बत्ति समेत बल्न छाडेको उनले बताए ।

निर्माण कम्पनीले मात्रा नमिलाइकन काम गरेकाले भत्किएको सडक रहेको वडा फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जितेन चेम्जोङले बताए । ‘पिच धेरै कमसल छ । २० सेन्टिमिटर गिटीको वेश नै छैन, त्यसैले भत्किएको हो,’ चेम्जोङले भने ।

निर्माण व्यावसायीले स्थानीय तहसँग समन्वय नै नगरी काम गरेको चेम्जोङको गुनासो छ । ‘सडकमा सिधै भलको पानी पस्छ र जम्छ, त्यहामाथि गाडी कुदेपछि भत्कन थाल्छ,’ स्थानीय विवेक राई भन्छन् ।

१५ महिनामा सक्नेगरी २०७४ असारमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलाम ठेक्का लगाएको थियो । कार्यालयहरुको पुर्नसंरचनापछि केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दियो । सम्झौतामा निर्माण कम्पनीले ३ करोड ७ लाखमा पिच गर्ने, केही स्थानमा ढलान गर्ने र ३५ वटा सोलार बत्ति जडान गर्नुपर्ने उल्लेख रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।

ठेकेदारले काम गुणस्तरहिन गरेको भन्ने आफूले जानकारी पाएको आयोजनाका इञ्जिनियर विनोद सिंह पनि बताउँछन् । उनले भने, ‘त्यो सडकको विषयमा यहाँ चिठी आएको छ । भदौ १३ गते निर्माण व्यावसायीलाई यथार्थ जानकारी दिन पत्र कटिसकेका छौँ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.