तरकारी बोकेको जिप दुर्घटना: एकको मृत्यु, ६ घाइते

तरकारी बोकेको जिप दुर्घटना: एकको मृत्यु, ६ घाइते

सल्यानः तरकारी बोकेको जीप दुर्घटना हुँदा सल्यानमा एकको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन। बिहीबार राति कपुरकोट गाउँपालिका- ४ किमचौरबाट कपुरकोटका लागि छुटेको जिप दुर्घटना भएको हो । 

लु १ च ४२५३ न जीप किमचौरको भित्रि सडकमा दुर्घटना हुँदा किमचौर निवासी ६७ वर्षीया कर्मी पुनको ज्यान गएको प्रहरीले जनाएको छ । उनको अञ्चल अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
 

जीप दुर्घटनामा कपुरकोट गाउँपालिका  ४ की ६८ वर्षीया महिनीपुन, ५३ का लोकबहादुर घर्ती, ५३ का टिकाराम घर्ती, २४ वर्षिीया कृष्णा घर्ती, ४३ का तीलकपुन  र ३७ वषीय तिलकपुन घाइते भएका छन्। घाइते सबैको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

कपुरकोटमा शुक्रबार लाग्ने हाट बजारमा बिक्रीका लागि तरकारी ल्याउँदै गर्दा जिप दुर्घटना भएको प्रहरीको भनाई छ ।जीप चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.