धादिङमा जाम : बसभित्रै बिरामीको मृत्यु

धादिङमा जाम : बसभित्रै बिरामीको मृत्यु

महादेववेशी (धादिङ) : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ हुलाकडाँडामा जाम थुनिएर एक बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट जिल्ला गरुडा नगरपालिका–२ का ३५ वर्षीय रुपलाल साह रहेका छन् । 

जनकपुरबाट काठमाडौं जादै गरेको ना ७ ख ५३६४ नम्बरको बसको सिटमै साहको मृत्यु भएको हो । दुवै मृगौला फेल भएर गम्भीर बिरामी भएका साहको जनकपुरमा उपचार हुन नसकेपछि परिवारले थप उपचारका लागि बसमा चढाएर काठमाडौं लैजाँदै थियो ।

थाक्रे गाउँपालिका–८ चारकिलामा दुईवटा मालबाहक कन्टेनर ठक्कर खाएर राजमार्गमा अवरोध भएपछि बिरामी बोकेको उक्त बस बिहान पौने ४ बजेदेखि महादेववेशी बजारनजिकै हुलाकडाँडामा जाममा फसेको थियो ।

जाममै रहेका बेला बिस्कुट र पानी खाएका साहको अवस्था अकस्मात गम्भीर बनेपछि चालक र यात्रुहरुले एम्बुलेन्स खोज्दा खोज्दै बिहान ६ बजेतिर साहको मृत्यु भएको बसका चालक भगवान न्यौपानेले बताए ।

बसको सिटमै मृत्यु भएपछि यात्रुले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाएपछि अर्को गाडीमा रौतहटबाटै काठमाडौं जाँदै गरेका मृतकका भाइ रामबाबु साह महादेववेशी आइपुगेपछि शवको मुचुल्का गरेर प्रहरीले रौतहट पठाइदिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.