नौबिसे-नागढुंगा सडकको जाम हटाउन गृहमन्त्रीको निर्देशन

नौबिसे-नागढुंगा सडकको जाम हटाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नौबिसे-कलङ्की सडकखण्डमा भइरहेको सवारी जाम हटाउन निर्देशन दिएका छन्। ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएपछि बादलले सम्बद्ध सरकारी अधिकारीलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

गृहमन्त्री बादलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेस थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई शुक्रबार मन्त्रालयमा बोलाएर जाम हटाउन निर्देशन दिएका हुन्। 

गृहमन्त्री थापाले यस क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। जाममा परेका बिमारीको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउनसमेत गृहमन्त्री थापाले निर्देशन दिएको उनका प्रस सल्लाहकार किरण भट्टराईले जानकारी दिए। 

चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा यात्रुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै निगरानी र कारबाही बढाउन बादलले निर्देशन दिएका थिए। उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पूर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको बताएका थिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.