क्याम्पस प्रमुखबाट राजीनामा नदिँदा पार्टीबाट निलम्बित

क्याम्पस प्रमुखबाट राजीनामा नदिँदा पार्टीबाट निलम्बित

इलाम : इलामको महेन्द्र-रत्न बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राम गुरागाईलाई पदवाट राजीनाम गर्न नेपाल कम्युनिस्ट पार्टीले गरेको प्रस्ताव अस्वीकार गरेपछि पार्टी सदस्यबाट निलम्बन गरिएको छ। 

नेकपाका इलाम अध्यक्ष राम रानाले प्रमुखबाट क्याम्पसको सुधार नभएपछि आराम गर्न भने पनि नटेरेकाले निलम्बन गरेको बताए। उनले भने ‘उहाँबाट क्याम्पसको विकास भएन, रेष्ट गर्नुस् भनेको टेर्नु भएन।’ रानाले नेकपाको भागमा परेको क्यापसका प्रमुखले पार्टीसंग सहकार्य समेत नगरेको गुनासो गरे। 

नेकपा इलामका कार्यालय सचिव नवराज शंकरले विज्ञप्ति निकालेर क्याम्पस प्रमुख गुरागाईले पार्टीहितविपरीत काम गरेकाले निलम्बन गरेको जनाएका छन्।

 
यसअघि क्याम्पस प्रमुख गुरागाईबाट आफू अनुकूल काम नभएपछि राजीनामका लागि दबाब बढेको थियो। कर्मचारी नियुक्ति, जग्गा खरिदलगायतका विषयमा नेकपाकै स्वार्थ समूहको हितमा काम नगरेकाले पाखा लगाउने प्रयास भएको नेकपा नेतृत्वलाई आरोप लागेको छ। क्याम्पस प्रमुख गुरागाईले भने यस विषयमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। 

नेकपाका नेतालाई जोडेर क्याम्पसका विषयमा सञ्चार माध्यममा आएका सूचनाले समेत नेकपा नेतृत्व गुरागाईसँग रुष्ट बनेको छ। रानाले ‘बाहिर राम्रा कुरा आएन प्रष्ट पार्नुहोस्’ भन्दा पनि प्रष्ट पार्न नआएको बताए। 

नेताहरूले परिवारका सदस्य तथा आफन्तहरूलाई क्याम्पसको शिक्षक तथा कमर्चारीमा करार नियुक्ति गर्न, आफन्तको नाममा रहेको जग्गा आपैmँले तोकेको मूल्यमा क्याम्पसले खरिद गरिदिनलगायतका दबाब दिँदै आएको सञ्चार माध्यमले समाचार प्रकाशन गरेपछि प्रमुखलाई पार्टी सदस्यबाट हटाउन नेकपा तयार भएको हो। गुरागाई नेकपाका सदस्य मात्रै रहेको रानाले जानकारी दिए।  

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरले सानो कुरालाई गलत प्रचार गरेको बताए। प्रष्टीकरण माग्न कार्यकक्षमै ढोका थुनेर दबाब दिएको आरोप लागेका कुँवरले सो वार्तासमेत सौहार्दपूर्ण भएको दाबी गरे। 

स्थानीयले भने क्याम्पसलाई स्वतन्त्र विज्ञ समूहको हातमा जिम्मा लगाउनुपर्ने सुझाव दिन थालेका छन्। सञ्चालक समितिमा प्रदेश सांसद नेकपाका नेता धिरेन्द्र शर्मा रमण, प्रदेश सांसद तथा पार्टी जिल्ला अध्यक्ष राम राना, पार्टीको प्रदेश कमिटी सदस्य टीकादेवी घिमिरे, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतलगायतका नेताहरू छन्। रानालगायत केहीले राजीनाम दिएको रानाले जानकारी दिए। रानाले विवादमा आएको जग्गा प्रकृया, शिक्षक नियुक्ति र अध्यक्ष कुँवरले अध्यक्षको हैसियतमा काठमाडौं बसेर सुविधा खाएको लगायतका विषय समितिमा प्रवेश नै नगरेको बताए। अध्यक्ष कुँवरले क्याम्पसको तर्फबाट कुनै सुविधा नलिएको दाबी गरे। 

जिल्ला कार्यालयको बैठकले गुरागाईलाई पार्टीको अन्तरिम विधान २०७५ को धारा ५६ (क) मा भएको ब्यवस्था बमोजिम बुँदा नं. १, ३ र ५ मा उल्लेखित कार्य गरेको र पार्टीले स्पष्टीकरण माग्दा पनि बेवास्ता गरेको जनाएर सदस्यताबाट निलम्बन गरेको जनाएको छ। क्याम्पसमा २ हजारभन्दा माथि विद्यार्थी रहेका छन्। 
क्याम्पस प्रमुख गुरागाई । तस्बिर : अन्नपूर्ण 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.