लोकस्टारमा अब ६ जना प्रतिष्पर्धी

लोकस्टारमा अब ६ जना प्रतिष्पर्धी

काठमाडौं : ‘लोकगीत यस्तै हुनुपर्छ भन्ने छैन, लोकगीतको एउटै नियम, लय र भाका पनि हुन्न। लोकको आवाज र जीवनयापन समेट्ने गीत लोकगीत हो। नेपालको मौलिक संगीत र पहिचानका रूपमा रहेको लोकगीत पुस्तान्तरण हुने क्रममा छ।

बुद्धनगरस्थित एपीवान टेलिभिजन रहेकोे भवन। बाहिर सिमसिम पानी परिरहेको छ। दर्शकदीर्घामा बसेका लोक पारखी मन्त्रमुग्ध छन्। लोकसंगीतको उल्लासमा नाच्नलाई तम्तयार छन्। निर्णायकको स्थानमा जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँड, सुनिता दुलाल र अतिथि आसनमा देउडागायक नन्दकृष्ण जोशी उपस्थित थिए। कार्यक्रम सञ्चालकको भूमिकामा छन् नरेश भट्टराई र सुगरिका केसी।

लोकस्टार कार्यक्रमको २८ औँ शृंखलामा उत्कृष्ट सात जनाले धमाकेदार प्रस्तुति दिए। जसमा रामकुमार नेपाली, पविन्द्र सुनार, शनि विश्वकर्मा, चेतन गोतामे, रविराज शाह, विनोद दनुवार र दीपेन्द्र राईको प्रस्तुति थियो। शुक्रबारको कार्यक्रममा एकजना बाहिरिने नियम नै छ। यसैले पनि होला सातै प्रतियोगी केही सिरियस देखिन्थे।

शुक्रबारको कार्यक्रम सुदूरपश्चिमेली भाका देउडा विशेष थियो। देउडा गायक नन्दकृष्ण जोशीले पुरानो देउडा गुनगुनाउँदै कार्यक्रमको दैलो उघारे। मधेसी समुदायका रविराज शाहले भोजपुरी संस्कृतिको भाका सुनाएका थिए भने अन्य ६ जना प्रतियोगीले देउडा लयमा आफूलाई समेटे।

बिहीबारको कार्यक्रममा लेकै जाने लेकाली डाफे बोलको गीतमा अव्बल प्रस्तुति दिएर परफरमर अफ दि डे प्राप्त गर्न सफल रामकुमार नेपाली शुक्रबार देउडा लयमा पनि उत्तिकै जमेका थिए। 
 

दीपेन्द्र बाहिरिए

बिहीबारे लोकस्टार कार्यक्रममा ‘चलेछ बतास सुस्तरी’ नामक गीत गायर दर्शकको ताली र जजको प्रशंसा पाएका दीपेन्द्र शुक्रबारको कार्यक्रमबाट भने बाहिरिएका छन्। लोकस्टार कार्यक्रममा टप १० को नतिजा पछि जनताले पठाएको भोटका आधारमा उत्कृष्ट छनोट गरिने आयोजकले बताएको छ।

पूर्वेली भाका खास गाउँछन् दीपेन्द्र राई। भोजपुरका रैथाने राई संयुक्त परिवारमा हुर्केका हुन्। उनको घरमा दुईजना आमा र डेढ दर्जन सन्तान छन्। गत असारमा उनको बुवाको मृत्यु भएको थियो।

उनको स्वरमा रहेको ‘बुट्टेचोली’ नामक सोलो एल्बम बजारमा छ। उनले करिब ३५ जति पूर्वेली गीतमा आवाज दिएका छन्। केही अगाडि बजारमा आएको बेल्टार बजार भन्ने गीतले दीपेन्द्रलाई संगीतको सर्कलमा चिनायो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.