तरकारीको मूल्यमा मनपरी

तरकारीको मूल्यमा मनपरी

काठमाडौं : चाडपर्वमा बजार अनुगमनमा गएका प्रतिनिधिलाई व्यापारी सोझै भन्छन्-‘दशैँ कमाउने बेला हो। अहिले छाडिदिनुस्।’ दशैँ नजिकिएसँगै बजार अनुगमनका लागि गएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिलाई व्यापारीबाट यस्तै जवाफ आयो।

मन्त्रालयका प्रतिनिधिले संसदीय समिति समक्ष यो दुःख पोखे। चाडपर्वका क्रममा हुने कालबजारीको अनुगमनका लागि राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिले बनाएका कार्यदलका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्रालयका प्रतिनिधिले चाडपर्व मूल्य नियन्त्रणमा जटिलता थपिएको बताएका थिए।

‘हामी मन्त्रालयमा छलफलमा गएका थियौँ। मन्त्रीज्यूचाहिँ हुनुहुन्न थियो। त्यहाँ विभिन्न विभागका प्रतिनिधिहरू हुनुहुन्थ्यो’, बजार अनुगमन कार्यदलकी संयोजक सांसद डा. विमला राई पौड्यालले भनिन्, ‘त्यो बेला उहाँहरूले अरू बेला अनुगमन गर्न जनशक्ति छैन, चाडपर्वमा गर्दा पनि व्यापारीले सहयोग गर्देनन्। कतिले किन हामीलाई नसोधी आएको र कतिले कमाउने बेला दशैँ नै हो छाडिदिनुहोस् भन्छन् भनेर गुनासो गर्नुभएको थियो।’ चाडपर्वका बजारमा व्यापारीका यी प्रतिनिधिमूलक जवाफ मात्रै हुन्। पछिल्लो समय काठमाडौंकै बजारमा मनपरी मूल्य निर्धारण हुने गरेको छ।

दीगो विकास समितिले गठन गरेको उपसमितिले अनुगमनका क्रममा काठमाडौंमा आयत हुने तरकारीमा व्यापरीले मनपरी मूल्य निर्धारण गर्ने गरेको पाइएको छ।

तरकारी तथा फलफूलका लागि राजधानीको प्रमुख बजार कालीमाटी फलफूल तथा तरकारी बजारमै व्यापारीले मनपरी ढंगबाट मूल्य निर्धारण गर्ने गरेको पाइएको हो। ‘कालीमाटीको थोक बजारमै एउटै तरकारीको मूल्य फरक फरक पाइयो’, सांसद पौड्यालले भनिन्, ‘व्यापरीले आफूखुसी मूल्य निर्धारण गर्ने रहेछन्।’

कालीमाटीमै चलाइएको खुद्रा तरकारी पसलमा समेत अनेपेक्षित रूपमा मूल्य फरक रहेको सांसद पौड्यालले बताइन्। ‘थोकमा पनि फरक फरक मूल्य त छ नै’, उनले भनिन्, ‘त्यहीँभित्रबाट बाहिर ल्याएर सामान बेच्दा पनि दोब्बर मूल्य बढी लिने गरेको भेटियो।’

तरकारीको मूल्य निर्धारणमा कालीमाटी फलफूल तथा तरकारी विकास समितिको कुनै भूमिका नहुँदा व्यवसायीले आफूखुसी मूल्य बढाउने गरेका छन्। ‘तरकारी तथा फलफूलको मूल्य निर्धारणमा हाम्रो केही भूमिका छैन। यो बजार केन्द्रित छ’, समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले भने, ‘व्यापारी र किशानबाट यहाँसम्म ल्याउनेको बीचको आपसी समझदारीअनुसार मूल्य तोकिन्छ।’ बजारमा हरेक दिन निर्धारण भएको मूल्य समितिले वेवसाइटमार्फत सार्वजनिक गर्ने गरेको उनले बताए। पसलमा मूल्यसूची राखिए पनि अपडेट छैनन्।

अनुगमनका क्रममा बागबजारमा रहेको खसी बजार क्षेत्र अव्यवस्थित रहेको पाइएको सांसद पौड्यालले बताइन्। ‘त्यहाँ व्यापारीले भाडा तिरेर व्यापार गरेका छन्। तर, एकदमै फोहोर र अव्यवस्थित छ’, उनले भनिन्, ‘त्यहाँ ल्याइएका खसी, बोका नै बिरामी होलान्जस्तो देखियो।’

चाडपर्वमा त्रामै बजार अनुगमन गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको अनुभव छ। हामी चाडपर्वमा मात्रै बजार अनुगमन गर्छौँ। तर उपभोत्ता बाह्रै महिना ठगिँदा रहेछन्’, उनले भनिन्, ‘चाडपर्वमा मात्रै हैन सधैँ बजार अनुगमन गर्नुपर्छ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसँग छलफलको क्रममा नेपालीलाई पुग्ने खसी, बोका यहीँ उत्पादन हुने बताएका थिए। यहाँ खपत हुने ९० प्रतिशत खसी, बोका नेपालमै उत्पादन हुने मन्त्री यादवको भनाइ थियो। ‘खसी, बोका नेपालमै पर्याप्त छन्। तर, गाउँमा छन्। यिनीहरूलाई बजारमा ल्याउन समस्या छ। व्यापारीले ल्याउनै सक्दैनन्’, सांसद कमला ओलीले भनिन्, ‘बाटोमै मृत्यु हुने हुँदा पनि व्यापारीले रिक्स मोल्दैनन्। त्यसकारण बजारमा ल्याउनै समस्या देखिएको मन्त्रधालयका प्रतिनिधिले बताएका थिए।’

सांसदसँग मन्त्री यादवले यसपटक दुर्गममा खाद्यन्न अभाव नहुने दाबी गरेका थिए। उनले २६ हजार टन खाद्यन्न मौजाद रहेको बताए। देशभर ७३ जिल्लामा सहुलीयत मूल्यका पसल खोलिएको मन्त्रालयको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.