कम्युनिस्ट असफल भयो, विकल्प कांग्रेस नै हो : रामचन्द्र पौडेल

कम्युनिस्ट असफल भयो, विकल्प कांग्रेस नै हो : रामचन्द्र पौडेल

भक्तपुर :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्टहरु असफल भइसकेको र उनीहरुबाट नेपाल अघि बढ्न सक्दैन भन्ने तथ्य पुस्टि भइसकेको दाबी गरेका छन् ।केपी ओली नेतृत्वको सरकारले दुई वर्षको अवधिमै कम्युनिस्टहरु असफल भएको सावित गरेको उनको दाबी थियो ।

प्रजातन्त्र सेनानी स्व.जानकीप्रसाद कुइँकेलको १७औं स्मृतिसभालाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै पौडेलले नेपाली जनतामा कम्युनिस्टप्रतिको मोहभंग भइसकेको बताए ।

उनले समृद्धि ल्याउँछु भनी सपना देखाएको कम्युनिष्ट सरकारको पालामा भ्रष्टाचार र महंगीमात्रै बढेको बताए । ‘नेपाली जनतामा कम्युनिस्ट सरकारले चमत्कारै गर्ला भन्ने विश्वास थियो । समृद्धिको ठूलै सपना देखाइएको थियो । जनता सपनामा भुलेका पनि थिए’, नेता पौडेलले भने, ‘तर अहिले आएर त्यो झूट थियो, भूलभूलैया थियो भन्ने सावित भयो भयो ।’ उनले कम्युनिस्टले नेपाल नचल्ने र समृद्धि तथा सुशासनसमेत नआउने ठोकुवा गरे ।

नेता पौडेल कम्युनिस्ट आफ्नै कारण सकिन लागेको भन्दै कम्युनिस्टको अन्त्यबाट कांग्रेसले पनि पाठ सिक्नुपर्नेमा जोड दिए । कम्युनिस्ट सिद्धान्तमै कमजोरी रहेकैले नेपालमा पनि कम्युनिस्टहरु सकिने दिशा गएको उनको जिकिर थियो ।

‘कम्युनिष्ट सिद्धान्तमै कमजोरी थियो, विरोधाभाष र अन्तरद्वन्द्व थियो’, नेता पौडेलले थपे, ‘त्यसैले कम्युनिस्टहरु नेपालमा पनि आफ्नै कारणले सकिँदैछन्।’

‘राजा गइसके, अब आउँदैन’

नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले आयोजना गरेको  कार्यक्रममा वरिष्ठ बोल्दै नेता पौडेलले गइसकेको राजतन्त्र पुनः नआउने दावी गरे । राजाको विकल्पकारुपमा जनताले राजनीतिक पार्टीलाई मानिसकेको उनको भनाइ थियो ।

‘गइसकेको राजतन्त्र फर्केर आउँदैन । राजा र राणा गइसके । त्यसैले जनताको आशाको केन्द्र अब राजनीतिक पार्टीहरु हुन्’, उनले भने, ‘जनताले पत्याएका राजनीतिक दलहरुमा कांग्रेस र कम्युनिस्ट हुन् ।’

कम्युनिस्टले जनताको आशा र भरोषामा घात गरिसकेकोले अबको विकल्प नेपाली कांग्रेसमात्रै भएको उनको जिकिर थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.