धादिङमा ट्याक्टर दुर्घटना, ९ जना घाइते

धादिङमा ट्याक्टर दुर्घटना, ९ जना घाइते

धादिङ : धादिङवेशी आरुघाट सडकखण्ड अन्तरगत नीलकण्ठ नगरपालिका वडा नं ९ पौवाखाल्टोमा ट्याक्टर दुर्घटना हुँदा ९ जना मजदुर घाइते भएका छन्। 

सडक आयोजनाकै काम गर्ने मजदुरहरु सवार रहेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताए। ज्यामिरेबाट धादिङबेसीतर्फ काम गर्ने मजदुरहरु लिएर आइरहेको बेला घुम्तीमै ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका जाजरकोट जिल्ला छेडागाढ नगरपालिका वडा नं ५ का कर्णबहादुर चदरा र कृष्णबहादुर राउतको अवस्था चिन्ताजनक रहेको छ। उनीहरुलाई जिल्ला अस्पताल धादिङवेशीमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टर पठाइएको छ। 

घटनामा घाइते भएका अन्य ७ जना मजदुरहरुको जिल्ला अस्पताल धादिङवेशीमै उपचार भइरहेको छ। ट्याक्टर चालक उदयपुरका संजय चौधरी र ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय धादिङका सुचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.