‘सी पथ’ पढ्नै नहुने हो ?

‘सी पथ’ पढ्नै नहुने हो ?

सोमबार र मंगलबार ‘सी चिनफिङ विचारधारा’बारे काठमाडौंमा छलफल भयो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को विदेश विभागले गरेको विचारधारात्मक छलफलमा सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले विशेष सम्बोधन गरे। 

दुई दिनसम्म चलेको विचारधारात्मक छलफलमा ४० चिनियाँ नेता सहभागी थिए भने नेकपाका दुई सय बढी नेता तथा कार्यकर्ता सहभागी भए। यो छलफलले नेकपा र सीसीपीबीच विचार, सिद्धान्त र प्रयोगलाई बुझ्न सहज भएको छ। दुई देशका पार्टीबीच मंगलबार भएको ६ बुँदे समझदारीले दुई देशको सहकार्यलाई अझ मजबुत बनाउने देखिन्छ। चिनियाँ सिद्धान्त र प्रयोगबारे विश्वभर चासो बढिरहेका बेला छिमेकी नेपालमा यसबारे बहस हुनु स्वभाविक हो। 

यो प्रशिक्षणलाई लिएर एकथरि व्यक्तिले भने विरोध गर्न थालेका छन्। अचम्म यो छ कि दशकौंदेखि यूरोप र अमेरिकाबाट प्रशिक्षित अधिकांश नेपाली विद्वान्लाई चीनको दुईदिने प्रशिक्षण फिटिक्कै चित्त बुझेको छैन। हुनत अंग्रेजी फरर बोल्नेलाई नेपालमा ठूलो विद्वान मानिन्छ। संस्कृत पढ्नेलाई अनुदारवादी र पुरातन मानसिकताको टोकरीमा फालिन्छ। नेपाली भाषा शुद्ध बोले पाखे भनिन्छ। हाम्रा ‘ओपिनियन मेकर’ यही प्रवृत्तिबाट विद्वान बनेका छन्। 

बेलायतले पब्लिक ब्रोडकास्टिङ कर्पोरेशनका नाममा नेपालमा बीबीसी नेपाली सेवा चलाउँदा गदगद हुने र नेपालको हितमा समाचार सम्प्रेषण गर्ने भनेर गौरवले फुल्ने अनि दुई दिने चिनियाँ विचारधाराको प्रशिक्षण कार्यक्रम हुँदा तर्सिने ? यो हाम्रो कस्तो राष्ट्रवाद हो।

मिडियामा एकछत्र पश्चिमा गुणगान गाइरहेका तथाकथित विद्वान्ले चिनियाँ विचारधारा केन्द्रित कार्यशालाबारे ‘दुष्प्रचार’ गरिरहेका छन्। नजिकको तीर्थ हेला भनेजस्तो छिमेकी मुलुक चीनको प्रगतिबारे हाम्रा विद्वान्हरू अनभिज्ञ छन्। उनीहरूलाई यूरोप र अमेरिकाको विकास मात्र थाहा हुन्छ। बेलायत र अमेरिकाको प्रजातन्त्र, मानवअधिकार र लैंगिक समानता पढाएर भात खानेहरूका लागि नेपालमा चिनियाँ विचारधारामाथि छलफल हुँदा टाउको दुख्नु स्वभाविक पनि छ। तर, विश्व विकासको प्रतीक चीन बन्दै गरेको ज्ञान त्यो बूढो दिमागमा भर्नु अत्यावश्यक छ। होइन त्यो विद्वान टाउकोले चिनियाँ विकास मोडल स्वीकार गर्दैन भने नयाँ पुस्ताले छलफलमार्फत ज्ञान दिन खोज्दा आत्तिनुपर्ने आवश्यकता छैन। 

भनिन्छ, देशअनुसारको भेष। हाम्रो सोच्ने क्षमता संकुचित छ। सानो देश नेपाल थोरै परिचालित विद्वान र धेरै भेडा जनताले भरिएको छ।  तिनै जनतामध्ये केही लाख कांग्रेस पार्टीका छन्। केही लाख कम्युनिस्ट पार्टीका छन्। देशका भावी नेता भनेका यिनै हुन्। किनकि चाकडी गरेर भोलि सत्तासम्म पुग्ने उनीहरू नै हुन्। 

अहिले सी विचारधाराबाट प्रशिक्षित कार्यकर्ता बोल्दा दिमागमा भर्खरै अंकुराएको चिनियाँ विद्वत्ता उड्ला भनेर चुपचाप छन्। अर्कोतर्फ ‘सी चिनफिङ विचारधारा’ पढ्न नपाएका कांग्रेस कार्यकर्ता कोकोहोलो गरिराखेका छन्। सामाजिक सञ्जालको अहिलेको दृश्य यही हो। फेसबुके विद्वान्हरूले बुझे हुन्छ। 

हिजो चिनियाँसँगको पहुँच हाम्रा लागि सहज थिएन। आज प्रविधि र चीनले गरेको विकासले परिस्थिति बदलिएको छ। विगतमा पश्चिमा संस्कृति हाम्रा घरघरमा पस्यो। सनातन संस्कृतिलाई हामीले बिर्सँदै गयौँ। अनि हामी भूइँ न भाँडाका भयौँ। छिमेकी चीनले भने आफ्नै भूमि सुहाउँदो विकास मोडल ल्यायो। त्यसैमा लामो समयसम्म अभ्यास गर्यो र विश्वलाई चुनौती दिने क्षमता बनायो। यो मोडलबारे अहिले पनि नसिकेर हामीले कहिले सिक्ने ? 

बेलायतले पब्लिक ब्रोडकास्टिङ कर्पोरेशनका नाममा नेपालमा बीबीसी नेपाली सेवा चलाउँदा गदगद हुने र नेपालको हितमा समाचार सम्प्रेषण गर्ने भनेर गौरवले फुल्ने अनि दुई दिने चिनियाँ विचारधाराको प्रशिक्षण कार्यक्रम हुँदा तर्सिने ? यो हाम्रो कस्तो राष्ट्रवाद हो। हरेक वर्ष डीभी परेर छरछिमेकी, आफन्त र परिवारका सदस्य अमेरिका पुग्दा पार्टी गर्ने अनि नेपाली विद्यार्थी चीनको शैक्षिक भ्रमणमा जाने सम्झौता हुँदा किन अनुहार अमिलो बनाउने ? 

हरेक वर्ष डीभी परेर छरछिमेकी, आफन्त र परिवारका सदस्य अमेरिका पुग्दा पार्टी गर्ने अनि नेपाली विद्यार्थी चीनको शैक्षिक भ्रमणमा जाने सम्झौता हुँदा किन अनुहार अमिलो बनाउने ? 

चीनको फरक शैली 
यूरोप र अमेरिकाका नेताहरू नेपालमा उनीहरूको विचारधारा पढाउन सीधै प्रवेश गर्दैनन्। उनीहरू विभिन्न स्वार्थ समूह बनाएर परिचालित हुन्छन्।  स्वार्थ समूहले मिलेसम्म समाज कल्याण र परराष्ट्र मन्त्रालय, त्यहाँ नमिले अन्य मन्त्रालयका विभिन्न विभागसँग सहकार्य गर्छन्। त्यहाँ पनि कुरा नमिले एनजीओ र आईएनजीओमार्फत निश्चित समूहलाई प्रशिक्षित गर्छन्। जहाँ भ्रमण भत्ता, बाटो र आवास खर्चका नाममा आर्थिक चलखेल राम्रै हुन्छ। लैंगिक हिंसाविरुद्धको नाममा हप्तौंसम्म ठूलठूला होटलमा आवासीय प्रशिक्षण दिन्छन्। प्रशिक्षित नेपाली चेलीलाई साथी बनाउँछन्।  आर्थिक प्रलोभनकै आडमा उनीहरूसँग विभिन्न तृष्णा मेटाउँछन्। यतिबेलासम्म हामी चुपचाप छौँ। गोरे छाला भएको व्यक्तिले भ्रमणको नाममा नेपाल आएर ठमेलमा यौन दुराचारका अखडा सञ्चालन गर्दा हामीलाई मतलब हुँदैन। स्क्यान्डेभियन मुलुकको नेपालबाट सेवानिवृत्त भएको राजदूत आफैं दाबी गर्दै विशेष दूत घोषणा गर भन्दै नेपाल सरकारलाई दबाव दिन्छ र ऊ नेपालविज्ञ बनेर कूटनीतिक रूपमा नेपालमा द्वन्द्व गराउन खुलेआम हिँड्छ। त्यो हामीलाई सहज लाग्छ। 

मासु भात खुवाइखुवाई शान्ति र विकासको नाममा आफ्नै देशको विकास मोडल बाँड्दा हामी पवित्र भएको महसुस गर्छौँ। तर चिनियाँ नेतृत्व तहले नेपालमा औपचारिक रूपमै कार्यक्रम गरेको छ। आफ्ना नेतालाई सहभागी गराएको छ। आफ्नो विचार मिल्दो सत्तारुढ कम्युनिस्ट पार्टीसँग सहकार्य गर्दै छ। घोषणा गरेर सार्वजनिक कार्यक्रममार्फत उसको विचारधाराबारे जानकारी गराउँदा किन आपत्ति ?  हो, यसमा चीनको स्वार्थ छैन भनेर भन्न सकिँदैन। तर, प्रशिक्षण सुरु भइनसक्दै पश्चिमा निकट विद्वानका एकपक्षीय विचार मिडियामा छरपस्ट किन भए ? यो चाहिँ गम्भीर प्रश्न हो। ‘सी विचारधारा’ प्रशिक्षणलाई नै असन्तुलित कूटनीति मान्ने तपाईं विद्वान्ले अमेरिका र बेलायतको विकास मोडलबारे कतिपटक प्रशिक्षण लिनुभएको छ ? एकपटक सोचौँ। कसैको विचारधारा पढ्नै हुँदैन भन्ने व्यक्ति विद्वान हुनै सक्दैन। अरुका विचार पढ्नुपर्छ तर विवेक आफ्नै प्रयोग गर्नुपर्छ। 

स्वार्थ समूहले मिलेसम्म समाज कल्याण र परराष्ट्र मन्त्रालय, त्यहाँ नमिले अन्य मन्त्रालयका विभिन्न विभागसँग सहकार्य गर्छन्। त्यहाँ पनि कुरा नमिले एनजीओ र आईएनजीओमार्फत निश्चित समूहलाई प्रशिक्षित गर्छन्। जहाँ भ्रमण भत्ता, बाटो र आवास खर्चका नाममा आर्थिक चलखेल राम्रै हुन्छ।

अनावश्यक शंका
फेरि नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको सहकार्य यो नयाँ होइन। ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी र ७० वर्षअघिदेखि चीनमा शासन गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्ध सुमधुर छ। मनमोहन अधिकारीदेखि केपी ओलीसम्मले चीनको यात्रा गरिसकेका छन्। यति लामो सम्बन्धपछि राजधानीमा दुई दिन भएको सी विचारधारामाथिको छलफलले देशमा पहिरो गएजस्तो गरी हल्ला गर्नुको औचित्य देखिँदैन। 

बिहीबारमात्र चिनियाँ राजदूत होउ यान्छीले एक कार्यक्रममा आफ्नो मुलुकले कहिल्यै विचार निर्यात नगर्ने प्रष्ट पारिसकेकी छन्। ‘चीन आफ्नो विचार निर्यात गर्ने मुलुक होइन’, चीन अध्ययन केन्द्रले गरेको कार्यक्रममा राजदूत होउले भनेकी छन्, ‘कुनै पनि मुलुकको आन्तरिक मामिलामा चीन हस्तक्षेप गर्दैन, त्यो चीनको नीतिविपरीत हुन्छ ।’ राजदूतले यत्ति भनिसकेपछि थप शंका गर्नुपर्ने ठाउँको अन्त्य भइसकेको छ। 

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा सीको भ्रमण र विचारधारामाथिको छलफलबारे प्रष्ट पारेका छन्। ‘अरू देशमा पनि राष्ट्रपतिको भ्रमण हुन्छ। यस्ता विषयलाई मुद्दा नबनाएकै राम्रो’, उनले भने, ‘नेकपा नेकपा पथमा छ। पार्टीले सरकार बनाउँछ। नेपालमा दलीय व्यवस्था भत्काइराख्नु पर्दैन होला नि त !’ 

नेकपाले माक्र्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त बनाए पनि कम्युनिस्टका आधारभूत सिद्धान्तलाई बिदा गरिसकेको छ। यसरी माओवादलाई पूर्ण रूपमा त्यागेर लोकतान्त्रिक पद्धतिमा आएको नेकपाले संविधानविपरीत एक दलीय सत्ता स्वीकार गर्ला भनेर कसरी विश्वास गर्ने ? सी पथमाथिको छलफल र कार्यक्रमलाई हौवा बनाएर स्यालको ‘हुइँया’ मचाउनुभन्दा प्रतिपक्षले विकास निर्माणका काममाथि निगरानी बढाउनु देशको हितमा होला।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.