सह-चालकले चलाएको बस धादिङमा दुर्घटना : ५ घाइते, ४ गम्भीर

सह-चालकले चलाएको बस धादिङमा दुर्घटना : ५ घाइते, ४ गम्भीर

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका -१३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।  

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको केरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो । 

दुर्घटनाका उद्धारकर्मी भीम तामाङको अनुसार बस सह-चालकले चलाएका थियो । उनले भने, 'म पनि त्यही बसमा आउँदै थिए।बाटोमा पटक पटक दुर्घटना हुन खोजेको थियो। चालकको लापरवाही देखेपछि १ किलोमिटर तलै ओर्लिएको थिए ।आफू ओर्लिएको केही बेरमा बस दुर्घटना भयो।'

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका- ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् । बसमा चालक सहचालकसहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीय बताएका छन् । 

बसका चालक घाइते भएपनि उनीहरु घटनास्थलमा नदेखिएको र उपचारका लागि अस्पतालमा नआएको तामाङले बताए । 

दुर्घटनाग्रस्त बस र घाइतेहरुको जिल्ला अस्पतालमा उपचार हुँदै। तस्बिर : फोटो मनिष दुवाडी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.