पृथ्वीको तापक्रम बढ्दो

पृथ्वीको तापक्रम बढ्दो

पृथ्वीको तापमान दिनप्रतिदिन बढिरहेको छ। संयुक्त राष्ट्र संघको एक रिपोर्टले सन् २०१५–२०१९ सम्म औसत तापमान सन् २०११–२०१५ को तुलनामा ०.२ डिग्री सेल्सियस बढेको जनाएको छ। 

युनाइटेड इन साइन्स नामक जर्नलमा प्रकाशित रिपोर्टमा तापमान सन् १८५०– १९०० सम्म १.१ डिग्री सेल्सियस बढेको र सन् २०१५– २०१९ मा तापमान ०.२ डिग्री सेल्सियस बढी भएको बताएको छ। तामक्रम बढेका कारण पछिल्लो ४० वर्षमा आर्कटिक क्षेत्रमा प्रत्येक १० वर्षमा १२ प्रतिशतले हिउँ पग्लिरहेको पनि रिपोर्टमा उल्लेख गरिएको छ। 

रिपोर्टअनुसार आर्कटिकमा बरफ सन् १९७९ देखि २०१७ को बीचमा तीव्र रूपमा पग्लिरहेको छ। कार्बनडाइअक्साइडमा कमी आउनुको सट्टा सन् २०१८ मा यो दुई प्रतिशतले बढेको छ। कार्बनडाइअक्साइडको कारण पनि पृथ्वीको तापमानमा वृद्धि भएको हो। यो परिवर्तनलाई रोक्न पूरै विश्व असफल भएको पनि रिपोर्टले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.