धारिलो हतियार प्रहार गरेर गहना लुटियो

धारिलो हतियार प्रहार गरेर गहना लुटियो

धादिङ : ज्वालामुखी गाउँपालिकाको–५स्थित खरि भागेमा धारिलो हतियारले प्रहार गरेर गहना लुटिएको छ। बृद्ध श्रीमान श्रीमती बस्ने घरमा शनिबार राति हतियारधारी लुटेर परेको वडाध्यक्ष कृष्ण काप्रीले जानकारी दिए।

टोमाकुमारी काप्रीको टाउकोमा हतियार प्रहारगरी डेढ तोला सुनको सिक्री लुटिएको छ। सिक्री लुटिएपनि सिक्रीसँगै रहेको लकेट भने बिहान घटनास्थलमै भेटिएको छ। ‘घर भन्दा ५० मिटर पर गोठ छ, भैसी ब्याउने समय भएकाले श्रीमान शिव प्रसाद काप्री गोठतिर गएका रहेछन्, त्यही समयमा सिक्री लुटिएको रहेछ’, वडाध्यक्ष काप्रीले भने। 

घाइते टोमाकुमारीलाई उपचारको लागि काठमाडौं लगिएको छ। घटनाबारे जानकारी पाउने बित्तिकै गएराति नै प्रहरी घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदरवारले बताए। ‘अनुसन्धान टोली पनि पठाएका छौँ, लुटेराको खोजी भइरहेको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.