दसैं आयो, चामल आएन

दसैं आयो, चामल आएन

बाजुरा : हिमाली गाउँपालिका २ कोटिगाउँकी ललिता बोहोरा १० महिनाकी छोरी बोकेर अघिल्लो साता चामल लिन कवाडी डिपो बिक्री केन्द्रमा आइन् । दूधे छोरी काखमा बोकेर दुई दिनको पैदल हिँडेर कवाडी बिक्री केन्द्रमा पुगेकी उनी चामल नपाएपछि निराशा भइन्।

'घरमा ठूलो मान्छे कोही छैन, श्रीमान वस्तुभाउ लिएर लेकतिर गएका छन्। बुढा सासू- ससुरा बालबच्चा गरी ९ जनाको परिवार छ,' उनले भनिन्, 'दसैं आयो त्यार (तिहार) मनाउँला भनेर गा‍उँको सहकारीबाट ब्याजमा ऋण काढेर चामल लिन आएकी हुँ, तर चामल नपाएपछि दु:ख लाग्यो।' उनले स्थानीय बजारबाट प्रति किलो ८५ रुपैयाँमा चामल किनेर घर जानु परेको गुनासो पोखिन्।

ललिता मात्र होइन। उनीसँगै गाउँबाट आएकी कोपीला बोहोरा पनि डेढ वर्षकफ छोरी बोकेर चामल लिन आइन् । उनको पीडा पनि ललिताकै जस्तै छ । घरका पुरुष जति कामका लागि भारत गएका छन् । गाउँमा भएका पनि वस्तुभाउ लिएर लेकतिर गएपछि महिला मात्र बालबालिका बोकेर चामल किन्न आएको हिमाली गाउँपालिका ३ का अध्यक्ष ध्यानबहादुर रोकायाले बताए ।

रित्तिएको कवाडी डिपो। तस्बिर : पदम सिंह

हिमाली गाउँपालिकाको कवाडी बिक्री केन्द्रमा असारयता चामल अभाव भएको हो।।गाउँमा खाद्य संकट हुन थालेको बुढ थापाले बताए । चार महिनादेखि केन्द्रमा चामल सकिदा पनि सरकारले बेवास्ता गरेको स्थानीय नानी बोहोराले बताइन् ।

हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडा बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ। सबै घरमा खाद्य संकट भएको स्थानीय जनक रोकायाले बताए ।खाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले कवाडी बिक्री केन्द्रमा असारदेखि चामल अभाव भएको बताए। कवाडीमा स्थायी डिपोका लागि जिल्ला तहबाट पाँच पटक निर्णय गरेर खाद्य व्यवस्थापन तथा व्यापार शाखामा पठाएको तर कुनै सुनुवाई नभएको ओझाले बताए ।

यो आर्थिक वर्षमा पनि कवाडी बिक्री केन्द्रका लागि ३५ सय क्वीन्टलको टेन्डर गरिसकेको र केही दिनमा चामल जाने उनले बताए । सुर्खेत खाद्य संस्थानबाट ९ सय, धनगढी संस्थानबाट ९ सय, मार्तडीबाट ९ र कोल्टी डिपोबाट ८ सय ढुवानी अनुदानका लागि टेन्डर गरी समझौता हुने तयारीमा रहेको बताए । 

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी अञ्‍चल कार्यालय धनगढीका प्रमुख अनिल कुमार श्रेष्टले दसैंलाई चाँडो भन्दा चाँडो चामल उपलब्ध गराउने प्रयास भएको बताए । उनले भने,' ठेक्‍का भइसकेको छ । कोल्टी डिपोबाट चामल ढुवानी हुन्छ।'  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.