यसरी सहज हुँदैछ नागढुंगा-नौबिसे जाम

यसरी सहज हुँदैछ नागढुंगा-नौबिसे जाम

धादिङ : त्रिभुवन राजपथको नौबिसे नागढुंगा सडकखण्डमा विगत १० दिन अघिदेखि हुँदै आएको सवारी जाम सहज बन्दै गएको छ । दसैंमा उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रु घन्टौं जाममा फस्न थालेपछि विशेष योजनाका साथ प्रहरी परिचालन गरी सवारी आवागमन सहज बनाइएको हो।

इलाका प्रहरी कार्यलय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काका अनुसार विगत एक साता अघिदेखि २०-२५ किलोमिटरसम्म रहेको जाम अहिले शून्यजस्तै छ । दुवैतर्फ सवारी आवागमन सूचारु अवस्थामा छन्।'

जाममै थुनिएर बीरामीको मृत्यु भएपछि नौविसे नागढुंगाको जामले गृहमन्त्री रामबहादुर थापाको समेत ध्यान तानेको थियो । जाम हटाउन प्रहरी प्रधान कार्यलयलाइ गृहमन्त्रीले निर्देशन दिएपछि प्रहरी प्रधान कार्यलय काठमाडौंले नागढुंगामा प्रहरी निरीक्षकको नेतृत्वमा गाडी तान्ने क्रेनसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

नागढुंगाभन्दा १ किलोमिटर पर धादिङतर्फ काठमाडौं छिर्ने सडक लेन करिब ५ सय मिटर जति कुलोजस्तै छ । सामान्य वर्षात हुँदा सोही ठाउँमा सवारी जाममा फस्ने गर्छन्।  त्यहाँ रोकिएका सवारी तान्नका लागि क्रेन तयारी अवस्थामा राखिएको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी डिएसपी रुपक खड्काले बताए ।

शनिबार पनि सोही क्षेत्रमा अड्किएका डेढ दर्जन सवारी साधनलाई क्रेनले तानेर आवागमन सहज बनाइएको थियो । दसैंको मुखमा त्रिभुवन राजपथ पीच गर्न थालिएको भएपनि सवारी जाम हुन थालेपछि अहिलेलाई स्थगित गरिएको छ । 

२४ सै घण्टा सवारी आवागमन सहज बनाउनका लागि नागढुंगादेखि महादेव वेशीसम्मको २५ किलामिटर दूरीमा १५ वटा मोटरसाइकलमा क्षेत्र छुट्याएर (QRT) क्‍वीक रेस्पोन्स टिम (प्रहरी) परिचालन गरिएको खानीखोलाका प्रहरी निरीक्षक खड्काले बताए । उनले भने, 'क्वीक रेस्पोन्स टिमले २४ सै घण्टा मोटरसाइकलमा गस्ती गरिरहेको छ।सामान्य नियम मिच्नेलाई तत्कालै कारवाही सुरु गरिएको छ।  कुनै समस्या आउने वित्तिकै सम्बन्धित निकायमा जानकारी गराउने व्यवस्था मिलाएका छौं।'

यातायात व्यवस्था विभागले पनि आइतबारदेखि अत्यावश्यक खाद्यान्न, औषधि र दूध, फलफूल र तरकारीबाहेक अरु मालबाहक ठूला गाडीलाई चितवनदेखि रोक लगाएको छ । त्रिभुवन राजपथ र पृथ्वीराजमार्गका प्रहरी युनिटले यात्रुबाहक सवारी साधनको चापअनुसार मालवाहक गाडीलाई नौविसेभन्दा तल्लो क्षेत्रमा नै रोकेर राख्ने व्यवस्था मिलाएको छ।

खानीखोलाका प्रहरी निरीक्षक खड्काले भने, 'नागढुंगा प्रहरीसँग समन्वय गरेर यात्रुबाहक बसको चाप बढेपछि हामी मालबाहक सवारी साधनलाई दिउँसोको समयमा तल नै रोक्ने व्यवस्था पनि मिलाइएको छ।'

जाम व्यवस्थापन मात्रै नभइ यात्रुको सहज यात्राका लागि र भाडाको विषयमा पनि अनुगमन गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदरवारले बताए । उनले भने, 'आकस्मिकरुपमा राजमार्गको सजिला ठाउँमा भाडादर र यात्रुसंख्यालाई छड्के चेकजाँच गरेका छौं। आइतबार क्षेत्र-२ का सांसद खेम लोहनीसहित प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायतको टोलीले निरीक्षण गरेको थियो ।'

राजमार्ग मात्रै नभइ जिल्लाका सडकमा जिल्ला प्रहरी कार्यलय मातहतका प्रहरी युनिटलाई आ-आफ्नो क्षेत्रमा सवारी आवागमनमा अवरोध आउन नदिन व्यवस्था मिलाउन निर्देशन दिइएको बैदवारले बताए।

नौबिसेमा रोकेर राखिएको २२ चक्क‍े भारतीय मालवाहक लहरी । तस्बिर : मनीष दवाडी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.