दसैंमा टेलिकमको अफरै अफर (सूचिसहित)

दसैंमा टेलिकमको अफरै अफर (सूचिसहित)

काठमाडौं : नेपाल टेलिकमले दसैंको अवसरमा विगत वर्षमा जस्तै विभिन्न आकर्षक अफर ल्याएको छ। टेलिकमले फोरजी एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफर दिएको छ। फोरजी एलटीई सिम परिवर्तन गर्दा शुल्क लाग्ने छैन। 

टेलिकमले पहिलो पटक फोरजी एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयसहित दुई सय एमबी डाटा बोनस उपलब्ध गराउने छ। घटस्थापनादेखि सुरु भएको यो छुट अर्को सूचना प्रकाशित नभएसम्म जारी रहने छ। 

सँगै टेलिकमले पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क उपलब्ध गराएको छ। प्रिपेड ग्राहले पनि आगामी छठसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ। मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा फोन अफ भएको समयमा पनि पछि स्वीच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलको जानकारी दिन्छ। 

टेलिकमले रिचार्जमा बोनससमेत दिने भएको छ। असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज गर्दा बोनस पाइने छ। ५०,  १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ। 

टेलिकमका अनुसार ५०, १०० र २०० को बोनस ३ दिनसम्म हुनेछ। ५०० र १००० रुपैयाँको रिचार्जको बोनस भने ५ दिनभित्र उपयोग गर्नुपर्ने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.