तीन वर्षकै उमेरमा जिम्न्यास्टिक

तीन वर्षकै उमेरमा जिम्न्यास्टिक

नास्तिया ल्युकिन रसियन अमेरिकन जिम्न्यास्टिक खेलाडी हुन्। उनको पूरा नाम आनास्तासिया भालेरयभ्ना ल्युकिन हो। उनको निकनेम नास्तिया हो। उनको जन्म सन् १९८९ मा रसियामा भएको थियो। उनी सन् २००८ मा ओलम्पिक च्याम्पियन, पाँच पटक ओलम्पिक मेडलिस्ट, सन् २००५ र २००७ मा ब्यालेन्स बिममा विश्व च्याम्पियन भएकी छन्।

ल्युकिन सन् २००५ मा युनिभेन बार्समा पनि विश्व च्याम्पियन भएकी हुन्। उनी चार पटक अमेरिकी नेसनल च्याम्पियनमा अल राउन्डर भएकी हुन्। ल्युकिन अमेरिकन सिनियर टिमकी एक वरिष्ठ सदस्य पनि हुन्। उनले अमेरिकाबाट तीन विश्व च्याम्पियन र एक ओलम्पिक खेलमा प्रतिनिधित्व गरेकी छिन्। सन् २०१२ मा उनले खेलबाट अवकाश लिइन्।

ल्युकिनले तीन वर्षको उमेरमा जिम्न्यास्टिक सुरु गरेकी हुन्। सानैमा उनी आफ्ना आमाबुबासँग जिममा घुमिरहन्थिन्। उनका बाबुआमाले कोचको काम गर्थे। उनीहरूसँग ल्युकिनलाई घरमा हेर्नको लागि काम गर्ने मानिस राख्न सक्ने पैसा थिएन।

उनका बाबुआमालाई सुरुमा आफ्नी छोरीलाई जिम्न्यास्टिक खेलाडी बनाउने इच्छा थिएन। पछि उनलाई जिम्न्यास्टिक खेलाडी बन्नमा उनका बाबुआमाले नै सहयोग गरे। उनका बाबुआमा पनि जिम्न्यास्टिक खेलाडी नै थिए र उनीहरूले ओलम्पिक पनि जितेका थिए।

ल्युकिनले पहिलो जुनियर नेसनल च्यापियन सन् २००२ मा १२ वर्षको उमेरमा पूरा गरिन्। युनिभेन बार्स भत्केको हुनाले उनले आफ्नो रुटिनअनुसार काम गर्न सकिनन्। तर, उनले आफ्नो अभ्यास जारी राखिन्। भत्केको सेट हुँदाहुँदै पनि उनी जिम्न्यास्टिकमा १५औं स्थान हासिल गरिन्। त्यही खेलले उनलाई अमेरिकी नेसनल टिमको फाइनल खेलमा पुर्‍याउन मद्दत गर्‍यो। उनी सन् २००२ मा जुनियर प्यान अमेरिकन च्याम्पियनसिपमा छानिइन्। त्यहाँ उनले गोल्ड मेडल प्राप्त गरिन्। त्यसैगरी युनेभन बार्स र ब्यालेन्स टिममा दोस्रो स्थान हासिल गरिन्।

सन् २००३ मा ल्युकिन अमेरिकमा जुनियर जिम्न्यास्टिकमध्ये एक प्रमुख खेलाडी बनिन्। उनले जुनियर डिभिजन अमेरिकाको राष्ट्रिय च्याम्पियनसिपमा गोल्ड मेडल र चार खेलमध्ये तीन खेल जितिन्। सन् २००४ मा पनि उनले त्यही उपलब्धि दोहोर्‍याइन्। ल्युकिन सन् २००३ मा प्यान अफ गेम्सको स्वर्ण पदक जित्ने अमेरिकी टिमकी सदस्य पनि बनिन्। सन् २००४ मा प्यासिफिक अलाइन्स च्याम्पियनसिपसमेत उनले जितिन्। ल्युकिनले सन् २०१५ मा ‘फाइन्डिङ माई साइन’ अटोबायोग्राफी पनि प्रकाशन गरेकी छिन्।

- एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.