रोल्पाको लुंग्री खोलामा बस खस्यो, २ जनाको मृत्यु

रोल्पाको लुंग्री खोलामा बस खस्यो,  २ जनाको मृत्यु

रोल्पा : पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ। घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका हुन्। दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन।

खोलको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ। पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाई भइरहेको छ। बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ।  यद्यपी, यसको पुष्टी भने हुन नसकेको प्रनाउ गुरुङले बताए। सिर्पतर्फ यात्रु लिएर जानका लागि जिपपार्क नजिकै गाडी फर्काउन गएका वेला दुर्घटना भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.