धादिङमा सडक भासिदा गुड्दै गरेको ट्रक फस्यो

धादिङमा सडक भासिदा गुड्दै गरेको ट्रक फस्यो

धादिङ : सोमबार धादिङको नीलकण्ठ नगरपालिका ६ कुसुण्डेमा स्काभेटर बोकेर गएको लहरी ट्रक अकस्मात सडक भासिएको खाल्डोमा फस्यो। पीच सडकमा ट्रक गुडाइरहेका चालकले अचानक ट्रक नै भासिएपछि केहीबेर त के भयो भनेर ठम्याउनै सकेनन् । 

भासिएको ट्रकलाई तत्काल स्काभेटरले तान्ने सल्लाह गरियो। ट्रलिमा स्काभेटर लगिएको थियो। खाल्डामा फसेको ट्रक निकाल्न ट्रकबाट स्काभेटर झारियो। तर स्काभेटरले ट्रक निकाल्दै गर्दा फेरी स्काभेटर नै खाल्डोमा भासिन पुग्यो।

ग्रामिण क्षेत्रमा सडक निर्माण गर्नका लागि ना ७ ख ५३७२ को ट्रकले स्काभेटर बोकेर गइरहेको थियो । साधारण अवस्थामै रहेको सडकमा सवारी साधनको भारले भासिएपछि स्थानीय अचम्मित भए।

२०७२ सालको विनाशकारी भूकम्पपछि उक्त क्षेत्रमा ठूला-ठूला भ्वाङ पर्ने तथा जमिन भासिएर खाल्डा पर्ने समस्या देखिएको थियो । तत्कालका लागि माटो भरिए पनि बेला बेलामा फेरी उस्तै भ्वाङ पर्ने समस्या आइरहेको छ । स्थानीयबासीका बारी तथा सडकका बीचबीचमै भ्वाङ परेपछि स्थानीय त्रसित भएका छन् । जमिन भासिएको वरपर ३५ घरधुरी  छन् । उनीहरु कति बेला के हुने हो भन्नेबारे अन्योलमा छन् ।

उक्त सडक भएर धादिङको पुरानो सदरमुकाम सुनौलाजबार हुँदै फोस्रेटार गल्छी जोडिन्छ । दिनहुँ सयौँ गाडीहरुको आवत जावत हुने सडकको बीचमै जमिन भासिन थालेपछि कुनै दुर्घटना हुने हो कि भन्ने चिन्ता भएको स्थानीयबासी हरि श्रेष्ठले बताए ।

तत्काल यसको दीर्घकालिन समाधानका लागि पहल नगरे यसरी ठूलो मानवीय क्षति निम्त्याउने ६ का अध्यक्ष उद्धव रिजालले बताए । समयमा भूगर्वविद्धलाई ल्याएर जमिनको अनुसन्धान र दीर्घकालिन असरको बारेमा अनुसन्धान गरी उक्त जोखिम वस्तीबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्नका लागि नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको ध्यानाकषर्ण गराउने रिजालले बताए ।

यसअघि नै पटकपटक जमिन भासिएको बेलामा तत्काल भूगर्भविद्लाई ल्याएर माटो परीक्षण गराउँदा पनि सुनुवाई नभएको स्थानीय रेमश श्रेष्ठले बताए। उनले भने, 'जमीन भासिने क्रम रोकिएको छैन, अब कुन दिन हामी सबै पुरिन्छौं।' सोमबार पुरानो सदरमुकाममा रहेको टुडिखेल मैदानलाई क्रिकेट्र मैदान बनाउन विषयमा छलफल गर्न गएको प्रदेश सांसद डाक्टर रामकुमार अधिकारीको टोली पनि सडक भासिएपछि केही बेर बाटोमै रोकिएका थिए । 

उनले घटनास्थलको अवलोकन गर्दै तत्काल यसको भौगर्भिक परीक्षण गरी समाधान निकाल्ने स्थानीयलाई आश्वासन दिएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.