'छनोटमा परे जत्तिकै भयो' : नेपाल आइडलको अडिसनमा प्रतियोगीका खुसी

'छनोटमा परे जत्तिकै भयो' : नेपाल आइडलको अडिसनमा प्रतियोगीका खुसी

झापा : नेपाल आइडलको अडिसन दिन सिक्किमबाट आएकी नेपाली मुलकी सुमित्रा राई उमेरले ३४ वर्ष लागिन्। अहिलेसम्म कुनै मञ्च नपाएकी उनले 'नेपाल आइडल' मा प्रतिभा देखाउने मौका पाइन्।

‘गीत राम्रै गाएकी छु। खै के हुन्छ ! हिजो बेलुकै झापा आएर बसेका हौँ,’ उनले भनिन्। भारतको चर्चित रियालिटी शो 'इन्डियन आइडल' सेलेक्सनमा परेकी उनी बिरामी भएका कारण मुम्बईसम्म जान सकिनन्।

‘भाग्यले ठग्यो। नेपालबाटै अघि बढ्न सक्छु कि भनेर नेपाल आइडलको अडिसनमा आएकी हुँ। राम्रै गाए जस्तो लाग्छ, हेरौँ के हुन्छ !’

तीन दिन लगातारको झरी पश्चात खुलेको मौसमले गर्दा हजारौँको संख्यामा आएका युवा युवती बिहान ७ बजेबाटै झापाको बिर्तामोडमा रहेको देवी मावि प्राङ्गणमा गाउने पालो पर्खदै थिए।

यसपटक अडिसन दिनको लागि झापा, उदयपुर, धरान, धनकुटादेखि ताप्लेजुङ र भारतको दार्जिलिङ, सिक्किम, सिलिगुडीसम्मका युवा युवतीको उल्लेख्य सहभागिता थियो।

६ महिनाको नानी काखमा च्यापेर आएकी इलामकी आकृति खतिवडा बिहान ८ बजेदेखि लाइनमा बसिन्। १२ बजे मात्र उनको गाउने पालो आयो। ‘गाउन एकदम मन लाग्छ। मञ्च नै पाइएको थिएन’, नेपाल आइडलको मञ्चमा आफ्नो प्रतिभा देखाउन पाउँदा खुसी भएकी आकृति परिणामको पखाईमा थिइन्।

अडिसन दिन दिउँसो ३ बजेसम्म करिब २ हजार जनाले आफ्नो नाम दर्ता गराइसकेका थिए। अझै आउने क्रम जारी नै भएको नेपाल आइडलका निर्देशक एलन श्रेष्ठले बताए। ‘अडिसन दिन आउनेको उपस्थिति एकदमै धेरै छ। हेरम भरेसम्म कति जनाको लिन सकिन्छ,’ उनले भने।

झापाको कचनकवल ५ का ३० वर्षिय जेठा मुर्मु दृष्टिविहीन हुन्। यद्यपि उनले ५५/५६ सालदेखि बाटो, स्थानीय कार्यक्रमहरूमा गाउँदै हिड्ने गरेका थिए। हाल उनी झापालगायत विभिन्न स्थानमा सडक सांगीतिक कार्यक्रम गर्दै हिँड्छन्। ‘आफ्नो प्रतिभा देखाउने ठाउँ पाएको थिइनँ,’ उनले भने, ‘नेपाल आइडलमा आएर जजहरूको अगाडि गाउन पाउँदा आफू छनोटमा परे जत्तिकै महशुस भयो।’

अडिसन दिन आएका युवायुवतीहरूलाई पहिलो चरणमा ‘प्रि जज म्युजिक टिचर’ ले छनोट गरेका थिए। त्यसमा छनोट भएपश्चात मात्र दोस्रो चरणको लागि अडिसन दिइने र उनीहरुलाई काठमाडौँ लगिने निर्देशक श्रेष्ठले बताए।

झापाको हकमा यसअघिको नेपाल आइडलमा पनि धेरै प्रतिभा 'टप टेन' सम्म पुगेका थिए। गत वर्षको नेपाल आइडलमा झापाबाटै अस्मिता अधिकारी चौंथो र सुमित पाठक तेस्रो स्थान पुगेका थिए।

कार्यक्रमका निर्देशक श्रेष्ठका अनुसार नेपाल आइडल सिजन ३ का लागि देशभरका प्रमुख सहरहरूमा अडिसन भइरहेको छ। वीरगन्ज अडिसनपछि झापा अडिसन मंगलबार भएको हो। अब यसपश्चात् अन्तिम अडिसन काठमाडौंमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.