विषालु च्याउ खाँदा ईश्वरपुरमा फेरी ७ जना बिरामी

विषालु च्याउ खाँदा ईश्वरपुरमा फेरी ७ जना बिरामी

मलंगवा : विषालु च्याउ खाएर एकै परिवारको १२ जना बिरामी परेको घटना दुई दिन नबित्दै फेरी ईश्वरपुर नगरपालिकामै ७ जना बिरामी परेका छन् । विषालु च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका -११ भलुवाइका एकै परिवारका १२ जना बिरामी परेका थिए। फेरी वाडा नं. १ शंकरगंजका रजन सिंह दनवार परिवारका ७ जना बिरामी परेका छन् । 

जंगलबाट ल्याएको च्याउ मंगलबार राति खाँदा ६० वर्षीय सिंहसहित उनका २७ वर्षीय छोरा राकेशसिंह दनवार, २५ वर्षीय छोरा राजेशसिंह दनवार, १५ वर्षीय छोरी पुनिताकुमारीसिंह दनवार, रमेशसिंह दनवारको श्रीमती ३५ वर्षीय चन्दासिंह दनवार, १० वर्षीय छोरी सोनीकुमारीसिंह दनवार र ८ वर्षीय छोरा जेयानसिंह दनवार बिरामी परेका छन् । 

बिरामी भएकालाई स्थानीय अमृत हेल्थ केयर बयलबासमा प्राथमिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.