अर्थमन्त्री खतिवडा आज दिल्ली आउँदै

अर्थमन्त्री खतिवडा आज दिल्ली आउँदै

नयाँ दिल्ली : अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार नयाँ दिल्ली आउँदैछन्। बिहीबारदेखि सुरु हुने इन्डिया इकोनोमिक समिट-२०१९ (भारत आर्थिक सम्मेलन) मा भाग दिन नेपाल एयरलायन्सको आज दिउँसोको उडानबाट खतिवडा दिल्ली आउन लागेका हुन्। 

नयाँ दिल्लीको सरदार पटेल मार्ग, डिप्लोमेटिक इन्क्लेभस्थित ताज प्यालेसमा हुने दुई दिने सम्मेलनमा साँझको अर्थमन्त्री स्तरीय सत्रमा खतिवडाले भाग लिनेछन्।

बिहीबार सम्मेलनमा सहभागी हुनुअघि नै अर्थमन्त्री खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सीतारमणबीच द्धिपक्षिय भेटवार्ताको कार्यक्रम तय भएको नयाँ दिल्लीस्थित दूतावास स्रोतले जनाएको छ।

अर्थमन्त्री खतिवडाले दिल्लीमा राजनीतिक भेटघाटको तयारी पनि गरिरहेको दूतावासले जनाएको छ। अर्थमन्त्री खतिवडा आइतबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ। अर्थमन्त्रीको जिम्मेवारी समालेपछि खतिवडा दोस्रो पटक दिल्ली आउन लागेका हुन्।

सम्मेलनलाई बंगलादेशकी प्रधानमन्त्रीले सह अध्यक्षता गर्ने

सम्मेलनलाई बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र टेनिस खेलाडी तथा दक्षिण एशियाकालागि युएन वुमन गुडविल एम्बेसेडर सानिया मिर्जाले सह अध्यक्षता गर्ने कार्यक्रम रहेको छ। नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र हसिनाबीच द्धिपक्षिय भेटघाट हुने तय भएको छ।

यसअघि संयुक्त राष्ट्रसंघको ७४ औं महासभाको क्रममा न्यूयोर्कमा पनि मोदीले समकक्षी हसिनासँग भेटवार्ता गरिसकेका छन्। सम्मेलनमा सहभागी हुन हसिना पनि बिहीबार नै नयाँ दिल्ली पुग्ने कार्यक्रम रहेको छ।

सम्मेलनमा सिंगापुरका उपप्रधान तथा अर्थमन्त्री हेंग स्वीट केट, अपोलो अस्पताल इन्टरप्राइजकी कार्यकारी उपाध्यक्ष शोभना कामिनेनि, बुकिंग डट कमकी अध्यक्ष गिलियन टान्स, सिक्वोइया क्यापिटल्सका प्रबन्ध निर्देशक शैलेन्द्र सिंहले समेत सह अध्यक्षता गर्नेछन्।

यही अक्टोबर ३ र ४ मा हुन लागेको सम्मेलन जेनेभास्थित विश्व आर्थिक मंच(वल्र्ड इकोनोमिक फोरम), भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालय तथा भारतीय उद्योग परिसंघ(सीआईआई)को सहकार्यमा हुन लागेको हो। ‘इनोभेटिंग फर इन्डिया : स्ट्रेन्थिंग साउथ एशिया, इम्प्याक्टिंग दि वल्र्ड’, समिटको नारा रहेको छ।

डब्लुईएफका अनुसार यो समिटमा चारवटा विषयगत स्तम्भमा क्षेत्रीय महत्वका रणनीतिक मुद्दाहरुलाइ सम्बोधन गरिनेछ। नयाँ भुराजनीतिक यथार्थ र नयाँ सामाजिक, परिस्थिति र प्राविधिक प्रणाली, दक्षिण एशियाली मुलुक तथा आसियान सदस्य मुलुकहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्न सम्मेलन केन्द्रित रहने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.