महराको राजीनामाको जानकारी संसद्लाई
काठमाडौं : संसद् सचिवालयले सभामुख कृष्णबहादुर महराको राजीनामाबारे औपचारिक जानकारी गराएको छ । महरामाथि संसद सचिवालयमै कार्यरत कर्मचारीमाथि यौन दुरव्यवहार गरेको आरोप लागेको थियो । उक्त आरोपपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा बुझाएका थिए ।
संसद् सचिवालयका सचिव डा. भरतराज गौतमले सूचना प्रकाशित गर्दै महराको राजीनामाबारे जानकारी गराएका हुन्। 'उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना प्रकाशन गरिएको छ' सचिवालयले बुधबार निकालेको सूचनामा उल्लेख छ।
नियमावलीअनुसार संसद् बैठक चल्दा अध्यक्षता गर्ने व्यक्तिले राजीनामा पढेर सुनाउनुपर्छ बैठक नभएको अवस्थामा भने सूचना प्रकाशन गर्नुपर्ने हुन्छ ।