एसईई पूरक परीक्षा नतिजा : एक लाख ११ हजार ६७८ जनाको ग्रेडवृद्धि
![एसईई पूरक परीक्षा नतिजा : एक लाख ११ हजार ६७८ जनाको ग्रेडवृद्धि](https://annapurnapost.prixacdn.net/media/albums/exmination_controller_office_bhaktapur_examboard_20190502021541_2IudFKJ5Vs.jpg)
काठमाडौं : परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ।
परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ।
नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ।
सारांशमा नतिजा
पनिकाको विज्ञप्ति
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)