हिमाली भेडा–च्यांग्राको क्रेज

हिमाली भेडा–च्यांग्राको क्रेज

जोमसोम : दसैं पर्वमा भेडा–च्याङ्ग्राको कारोबार बढी हुन्छ। मुस्ताङ हुँदै झरेका हिमाली भेडा–च्याङ्ग्राको क्रेज सहर बजारका उपभोक्ताले मन पराएका हुन्छन्। नेपालीजनमा वर्षभरी घर गृहस्थीमा जेजस्तो रूपले जीवन गुजारा चले पनि दसैंमा ऋण काढेरै एकछाक मासु खानुपर्छ भन्ने मान्यता छ।

साविकजस्तै यस वर्ष पनि मुस्ताङ हुँदै २२ हजार भेडा–च्याङ्ग्रा बेंसीतर्फ बाहिरिएका छन्। गत वर्ष यहाँबाट २३ हजार भेडा च्याङ्ग्रा बाहिरिएको थियो। यति ठूलो संख्यामा हिमाली क्षेत्रमा पालन गरिएका भेडा च्याङ्ग्रा बिक्री हुनु अस्वाभाविक मान्न सकिँदैन। मुस्ताङको उत्तरी कोरलाको चिनियाँ भूमि तिब्बत, छिमेकी जिल्ला डोल्पा र मुस्ताङको पठार चिसो मरुभूमिमा हुर्काइएका भेडा–च्याङग्राको स्वादै बेग्लै हुने गर्छ।

मुस्ताङबाट भेडा च्याङ्ग्राको निकासी सदियौ वर्ष पुरानो मानिएको छ। पोखरादेखि मुस्ताङसम्म अहिलेको जस्तो सडक सञ्जाल नहुँदा अघिल्लो पुस्ताका मुस्ताङीले यही भेडा–च्याङ्ग्राको व्यापार गर्ने चलन थियो। लोघेकर दामोदरकुण्ड गाउँपालिका स्थानीय निमा विवशले परापूर्व कालदेखि नै पुर्खाले नुन र भेडा–च्याङ्ग्रालगायत व्यापार गर्ने गरेको सुनाए।

मुस्ताङबाट नुन र चौपाया बेसीमा बिक्री गरेर खच्चडमार्फत खाद्यान्न लिएर फर्किने चलन थियो। उनले भने, ‘पुस्तौदेखि हप्तौ दिन लगाएर बाजे बराजुले पोखरा लगेर नुन र भेडा–च्याङ्ग्राको व्यापार गर्थे। अहिले कतिपयले बेसी नझारी जिल्लाबाहिरका व्यापारीलाई बिक्री गर्छन्। पहिलेको जस्तो खाद्यान्न ढुवानीका लागि दुःख कष्ठ गर्नु पर्दैन।’

हिमाली क्षेत्रको भेडा–च्याङ्ग्राको मुख्य बजार गण्डकी प्रदेशको पोखरा नै हो। मुस्ताङबाट झर्नेे अधिकांश भेडा–च्याङ्ग्रा पोखरामा नै बिक्री हुन्छ। केही भेडा–च्याङ्ग्रा काठमाडौं पुग्ने गरेको स्थानीय पशुपालक किसान भूपिन शेरचनले जानकारी दिए। यहाँबाट झर्ने भेडा–च्याङ्ग्रा विशुद्ध अर्गानिक उत्पादन भएको उनले दाबी गरे। चिसो हावापानीमा हुर्काइएका भेडा–च्याङ्ग्राको स्वादै बेग्लै हुने गरेको उनले बताए।

हिमाली क्षेत्रमा पालन गरिने भेडा–च्याङ्ग्राले जडीबुटी यार्सा गुम्बा, पाँचऔले, निरमसी, जटामसीलगायत उच्च लेकमा जडीबुटी खाने भएकाले यसको मासु स्वास्थ्यका लागिसमेत हितकर भएको शेरचनले खुलाए।

पर्वतका धर्मदत्त शर्माले मुस्ताङमा हुर्काइएका भेडा–च्याङ्ग्रा उपभोक्ताले रुचाउने गरेको बताए। यहाँको चिसो मौसममा हुर्केका च्याङ्ग्रा खानका लागि योग्य भएको उल्लेख गरे। गण्डकी प्रदेशमा खसीबोकाको किनबेच हुने गरे पनि दसैंमा भेडा–च्याङ्ग्राको रोजाइ बनेको बताए। मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकामा भेडा–च्याङ्ग्रा र चौंरीपालन व्यवसाय गरिएको पाइएको छ। मुस्ताङमा भेडा–च्याङ्ग्रा मासुका लागि मात्र नभई पस्मिना उत्पादनका लागि पनि पाल्ने गरिएको छ।

छिमेकी जिल्ला डोल्पा र उत्तरी तिब्बतबाट समेत मुस्ताङमा भेडा–च्याङ्ग्रा भित्रिने जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिए। भेडा–च्याङ्ग्राको मुख्य पकेट क्षेत्र सीमावर्ती तिब्बती भूभाग हो। नेपालतर्फका सीमावर्ती पशुपालक किसानले त्यहाँबाट खरिद गरी अस्थायी रूपमा पालन गरेर भेडा–च्याङ्ग्राको व्यापार गर्ने थकालीले बताए।

बर्सेनि दसैंको २ साताअघि भेडा–च्याङ्ग्राको व्यापार गर्न व्यापारी मुस्ताङको जोमसोम पुग्न गरेका छन्। यस वर्ष मुस्ताङबाट झरेका भेडाच्याङ्ग्राको २० हजारदेखि २३ हजारसम्म कारोबार भएको घरपझोङ कर संकलक सुनिल परियारले जानकारी दिए। यस वर्ष नेपाल खाद्य संस्थानले २ हजार गोटा च्याङ्ग्रा खरिद गरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.