बाबुरामले महरालाई सोधे- कमरेड, के यही हो सांस्कृतिक क्रान्ति

बाबुरामले महरालाई सोधे- कमरेड, के यही हो सांस्कृतिक क्रान्ति

काठमाडौं : नेकपाका नेता कृष्णबहादुर महराको यौन दुर्व्यवहार काण्डबारे समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक संजालमा कडा प्रतिक्रिया दिएका छन्। डा. भट्टराईले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्- सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर-धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष-लोग्नेले घरनिकाला गर्ने ! यो राम-रावण द्वन्दमा सीतालाई बली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति-सांस्कृतिक क्रान्ति, कणहरू?

अघिल्लो दिन महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रोशनी शाहीले २४ घन्टा नबित्दै बयान फेरेकी थिइन्। त्यही प्रशंगलाई लिएर डा. भट्टराईले सत्ताशक्तिको आडमा धम्क्याएर फकाएर कुरा फेर्न लगाएर युटर्न गराउने र आफ्नो टाउको बचाउने महरा प्रवृत्तिमाथि प्रहार गरेका हुन्।

बिहीबार बिहान रोशनी शाहीका श्रीमान् चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध टाढिएको र अलग अलग बस्ने निर्णय गरेको कुरा सामाजिक संजालमार्फत जानकारी गराएका छन्। 

डा. भट्टराईले एउटी महिलालाई परपुरुषगमन गरेवाफत अर्को पुरुष-लोग्नेले घर निकाला गर्नु हदैसम्मको अन्याय भएको भन्दै दु:ख व्यक्त गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.