कुन कुन सहरमा सुरु भयो टेलिकमको फोरजी ?

कुन कुन सहरमा सुरु भयो टेलिकमको फोरजी ?

काठमाडौं : नेपाल टेलिकमले फोरजी एलटिइ सेवालाई विस्तार गर्दै ३७ जिल्लामा पुर्‍याएको छ। काठमाडौँ र पोखरामा २०७३ पुस १७ गतेदेखि सो सेवा शुरु गरेको टेलिकमले बुधबारमात्र विभिन्न ३२ जिल्लाका ५० बढी सहरमा फोरजी सेवा उपलब्ध गराएको थियो।

आज थप पाँच जिल्लाका ६० सहरमा फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन्।

सातै प्रदेशका प्रमुख सहरमा सो सेवा सञ्चालनमा आएको छ। प्रदेश नं १ को धनकुटा, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ को बारा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सिरहा धनुषा र सर्लाही, प्रदेश नं ३ को चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुली रहेका छन्।

त्यस्तै गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, तनहुँ, मुस्ताङ र लमजुङ, प्रदेश नं ५ को कपिलवस्तु, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा फोरजी सेवा सञ्चालनमा आएका छन्।

३७ जिल्लाका ६० सहरका उपभोक्ताले फोरजी सेवा उपभोग गर्न पाउनेछन्। भीमदत्तनगर, झलारी पिप्लाडी, अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टिकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही र तुलसीपुरमा फोरजी सेवा सञ्चालनमा आएको छ। बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मङ्गलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, बर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, बिदुर, धुञ्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगञ्ज र कलैयामा पनि सेवा शुरु भएको छ।

चरिकोट, मन्थली, सिन्धुलीमाडी, गौर, मलङ्गवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेंशीसहर, भारदह र बस्तिपुरमा फोरजी सेवा सञ्चालनमा आएको टेलिकमले जनाएकोछ। टेलिकमले सञ्चालनमा ल्याएको फोरजी एलटीइ सेवा नेपालमा पहिलोपटक शुभारम्भ भएको अत्यन्त तीव्र गतिको वायरलेस प्रविधि हो।

नेपाल सरकारद्वारा पहिचान गरेको रुपान्तरणकारी आयोजनामध्ये नेपाल टेलिकमको यो आयोजना पनि प्रमुख रहेको छ। मुलुकमा डिजिटलाइज्ड जीवन पद्धति र स्मार्ट समाजका लागि पूर्वाधार तयार पार्न यो आयोजनाले महत्वपूर्ण पूर्वाधार खडा गर्ने विश्वास गरिएको छ। जसअनुसार मुलुकको आर्थिक विकास, आमजनताको जीवनस्तरको सुधार तथा ‘डिजिटल डिभाइड’ न्यूनीकरण हुने टेलिकमले जनाएको छ।

प्रवक्ता वैद्यले फोरजी एलटीइ आयोजना विद्यमान फोरजी सेवाको स्तरोन्नति मात्र नभई हालसम्म सेवा उपलब्ध नभएका स्थानमा पनि दीर्घकालीन पूर्वाधारको विकास र विस्तार गर्ने तथा मुलुकका सम्पूर्ण भू–भाग र जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाबाट सुसज्जित गर्ने योजना भएको बताइन्।

टेलिकमले फोरजी सेवालाई अत्याधुनिक प्रविधिमा ‘अपग्रेड’ गरी देशभर विस्तार गरिरहेको छ।

के हो फोरजी प्रविधि

मोबाइल इन्टरनेटको क्षेत्रमा फोरजी मोबाइलमार्फत उच्च गतिको इन्टरनेट साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने अत्यधुनिक प्रविधि हो।

फोरजीबाट प्राप्त हुने इन्टरनेटको गति उच्च हुने हुँदा गुणस्तरीय श्रव्य–दृश्य सामाग्री, अनलाइन खेललगायत बढी ब्याण्डविथ आवश्यक हुने इन्टरनेट सामग्री सजिलै हेर्न तथा सुन्न सकिन्छ। यसबाट उच्च गुणस्तरीय भ्वाइस कल सेवा प्रयोग गर्न सकिन्छ।

फोरजी/इलटिइ सेवा प्रयोग गर्न मोबाइल फोन सेट र सीम कार्ड फोरजी सेवा चल्ने हुनुपर्दछ र फोरजी नेटवर्क उलपब्ध भएको क्षेत्रमा हुनु जरुरी छ।

फोरजी सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन, निःशुल्क सुचारु गर्न सकिन्छ।

आफ्नो मोबाइल फोनबाट *444# डायल गरी प्राप्त निर्देशनअनुरुप फोरजी प्रयोग गर्न सीम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन र फोरजी ‘एक्टिभेट’ गरी सेवा शुरुसमेत गर्न सकिन्छ।

हाल प्रयोग गरिरहेको सीम कार्डले फोरजी नचल्ने भएमा नेपाल टेलिकमका देशभरका ग्राहक सेवा केन्द्रबाट पूरानो सीमको सट्टा फोरजी चल्ने नयाँ सीमकार्ड निःशुल्क प्राप्त गर्न सकिने छ।

फोरजी सेवाका लागि छुट्टै महसुल दर तोकिएको छैन। टुजी/थ्रीजी सेवाको दरमा नै प्रयोग गर्न सकिन्छ।

अझ सस्तो प्याकेजका लागि *1415# डायल गरी रोजेको ‘प्याक’ लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.