को बन्ला त्रिवि उपकुलपति ?

को बन्ला त्रिवि उपकुलपति ?

काठमाडौं : शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सर्च कमिटी वैठकले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेपछि चर्चा सुरु भएको छ, अन्तिम निर्णय कसको नाममा होला?

सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय भएको नाताले त्रिवि नेतृत्वमा को आउँला भन्ने विषय अन्य विश्वविद्यालयको तुलनामा बढी चासो र चर्चा हुने गरेको छ। सधैं राजनीतिक भागबण्डाकै आधारमा नेतृत्व चयन हुने भएकाले विशुद्ध प्राज्ञिक व्यक्ति नै आएपनि राजनीतिक आस्थालाई प्राथमिकता दिने परिपाटी विगतदेखि नै चलिआएको छ।

यस पटक सिफारिस गरिएका व्यक्तिमध्ये मुटुरोग विशेषज्ञ भगवान कोईरालालाई धेरैजसोले सहजै रुचाउने अपेक्षा उपकुलपति छनोटका लागि गठन गरिएको सर्च कमिटीको अध्यक्षता गरेका शिक्षा विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणि पोखरेलले गरेका छन् । उनका स्वकीय सचिव पुरन केसीका अनुसार कोइरालाको नाम पहिलो नम्बरमै सिफारिस गरिएको छ । किनकी पोखरेलले कोइरालालाई उपकुलपति बनिदिन यसअघि नै अनुरोध गरिसकेका थिए । मन्त्रालय स्रोतका अनुसार त्रिविमा उपकुलपति रिक्त भएको भदौको पहिलो साता भित्रै कोइरालालाई उपकुलपति बनाउने योजनामा थिए पोखरेल। ‘तर प्राविधिक कारणले यो सम्भव भएन’ मन्त्री निकट स्रोतले भन्यो ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा भने नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष धर्मकान्त बास्कोटा पनि थिए । सर्च कमिटीले बास्कोटालाई अहिले दोस्रो नम्बरमा सिफारिस गरेको छ । उनी त्रिवि शिक्षण अस्पतालमै नाक, कान, घाटी रोग विशेषज्ञका रुपमा कार्यरत थिए । मन्त्रालय स्रोतका अनुसार बास्कोटालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउने विषयमा पनि प्रधानमन्त्रीले छलफल चलाएका थिए ।

तेश्रो नम्बरमा सिफारिस गरिएका प्राध्यापक डा. चन्द्रमणि पौडेल नेकपा अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । उनी यसअघि पनि प्रचण्डकै जोडबलमा त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार बनेका थिए । हाल उनी राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष छन् । तर बोर्डमा उनको काम गर्ने शैलीप्रति शिक्षामन्त्री पोखरेल भने सन्तुष्ट नभएको कुरा पनि सार्वजनिक भएका थिए । सर्च कमिटीमा मेची बहुमुखी क्याम्पस झापाका प्रमुख कमल गुरागाईं र त्रिविकै व्यवस्थापन संकायका डीन डिल्ली शर्मा सदस्य थिए ।

सर्च कमिटीले विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको हो । सिफारिस भएका व्यक्तिको नाम अध्ययन गरेर प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.