सशस्त्र प्रहरीका हवल्दार र जवान घुससहित पक्राउ

सशस्त्र प्रहरीका हवल्दार र जवान घुससहित पक्राउ

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी हवल्दार र जवान गरी दुई जनालाई घुससहित पक्राउ गरेको छ ।

शुक्रबार साढे १२ बजे भारतबाट आउने सामानमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट लिएको २० हजार घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई कैलालीको भजनी नगरपालिका–१ बाट पक्राउ गरिएको हो ।

अख्तियार कार्यालय कञ्चनपुरका निमित्त प्रमुख प्रेम बस्नेतले सशस्त्र प्रहरीको बिओपी भजनीमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतिराम चौधरीलाई विशेष सूचनाका आधारमा सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.