तिहार नआउँदै पटाकाको तस्करी, १२ लाखको पटाका बरामद

तिहार नआउँदै पटाकाको तस्करी, १२ लाखको पटाका बरामद

वीरगन्ज : तिहार र छठ पर्व आउन एक महिना बाँकी रहे पनि अहिलेदेखि नै पटाका र पटाकाजन्य वस्तुको तस्करी सुरु भएको छ । चाडलाई मध्यनजर गरी प्रहरीले भारतसंग जोडिएका बारा र पर्साका मुख्य नाकामा चेकजाच र निरागनीमा कडाइ गरेपछि कारोबारीले अहिले ग्रामीण भेगका नाका प्रयोग गरेर भारतबाट पटाका भित्र्याउन थालेका हुन् ।

यसैक्रममा भारतबाट अवैध रुपमा भित्र्याइएको पटाका, बाराको ग्रामीण भेगबाट प्रहरीले बिहीबार राति पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १३ छोटकी फुलवरिया गाँउबाट प्रहरीले ना ४ च ६९५९ नम्बरको बलेरो पिकअप गाडीमा लुकाइ छिपाइ ल्याइएको ८ बोरा पटाका बरामद गरेको हो ।

बरामद गरिएका पटाकाको बजार मुल्य करिब १२ लाख रुपैयाँ रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जित सिंह राठौरले जानकारी दिए । 

प्रहरीले पटाका ओसार्न प्रयोग गरिएको बोलेरो पिकअप गाडीसहित पटाका तस्करीमा संलग्न तीन जनालाई पनि पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बाराको जितपुर सिमरा उपमहानगरपालिका १८ बडहर्वाका २० वर्षीय  सुकमान लामा, कलैया उपमहानगरपालिका १ का २० वर्षीय बिरेन्द्र यादव र वडा नम्बर १ कै मोतिबागका १८ वर्षीय रूपेश दास रहेका छन् । ती मध्ये सुकमान बोलेरो गाडीका चालक हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.