सडकमै खसीबोका मोलमोलाइ

सडकमै खसीबोका मोलमोलाइ

काभ्रे : काभ्रेको मुख्य बजार बनेपामा यो वर्ष दसैं खसीबोका किनबेच सडकबाटै भइरहेको छ। बीपी राजमार्ग र अरनिको राजमार्गमा चल्ने सवारीसाधनका कारण व्यस्त बनेपाको सडक दसैं बजारले थप अव्यवस्थित छ। तर, अघिल्ला वर्षजस्तै यो वर्ष पनि व्यापारीले सडकमै खसीबोका किनबेच गर्दा सडक थप अस्तव्यस्त बनेको हो। खसीबोकासँगै पुटपाथका अन्य पसलले बनेपाको सडक थप अव्यवस्थित बनेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यलयले सडक र फुटपाथको व्यवस्थापन गर्न सकेको छैन। काभ्रेमा चाडपर्वको अवसरमा दैनिक करोडौैं रुपैयाँको फेन्सी, लत्ताकपडा, खाद्यान्नदेखि ठूलो परिणाममा खसीबोका र राँगाको सडकबाटै बिक्री हुने गरेको छ।

काभ्रेसँगै छिमेकी जिल्ला रामेछाप, सिन्धुपाल्चोक, सिन्धुलीबाट हजारौंको संख्यामा खसीबोका, राँगा र भैंसी संकलन गरेर बनेपामा ल्याएर बिक्री गर्ने गरिएको छ। खसीबोका, राँगा किन्न काठमाडौं, ललितपुर र भक्तपुरका व्यापारी बनेपासम्म आउने गरेका छन्।

परापूर्वकालदेखि काभ्रेमा ल्याएर चिनको भेडा, च्यांग्रासमेत बिक्री हुने गरे पनि सरकारले हालसम्म काभ्रेमा व्यवस्थित बिक्रीवितरण केन्द्र खोल्न सकेको छैन। सरकारले आफ्नो रेकर्डमा बनेपामा चौपाया बिक्री केन्द्र रहेको उल्लेख गरे पनि प्रभावकारी छैन। ‘गाउँगाउँबाट व्यापारीले खसीबोका ल्याए पनि सकडमै किन्न र बेच्न बाध्य भएपछि असुरक्षा बढ्दै गएको छ’, खसीबोका व्यापारी पदमबहादुर लामाले भने, ‘सडकमै किनबेच गर्नु हाम्रो बाध्यता हो।’

अघिल्लो वर्ष दसंैमा नालाका वेदनिधि दाहालको ३० हजार रुपैयाँ खसी किनेको स्थानबाटै चोरी भएको थियो। खसीबोका व्यापारी तेमालबाट खसीबोका लिएर बनेपा आएका साइला तामाङ रोडमै बसेर बाध्यताले खसीबोका किनबेच गरेको बताउँछन्। दिउँसो सडकमा बसेर बेच्ने नबिकेका खसीबोका राती राख्ने ठाउँसमेत समस्या रहेको उनले बताए। अव्यवस्थित चौपाया बिक्री केन्द्रबाट खसीबोका किनबेच गर्नेले ५० रुपैयाँ शुल्क तिर्नुपर्छ। तर, त्यहाँ मूल्यमा एकरुपता नरहेको उपभोक्ताको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.