खेलाडी उत्पादन गर्न दुर्गममा नमुना खेलमदान

खेलाडी उत्पादन गर्न दुर्गममा नमुना खेलमदान

भोजपुर : गाउँस्तरबाटै खेलाडी उत्पादन र दुर्गमको समग्र खेलकुदको विकास गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिका-२, छिनामखुस्थित जिल्लाकै नमुना खेलमैदान निर्माण गरिएको छ। एक सय २० मिटर लम्बाइ र ६५ मिटर चौडाइको खेलमैदान निर्माण गरिएको हो।

खेलकुदको विकासका लागि काम गर्ने उद्देश्यले २०६८ सालमा मलुवा सामुदायिक क्लब स्थापना गरी उक्त खेलमैदानमा खेलकुदका कार्यक्रम सञ्चालन गरिँदै आएको थियो। आर्थिक वर्ष ०७५/७६ मा प्रदेश सरकारले खेलमैदानका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। सो रकमले खेलमैदान खार्ने, सम्याउने र वरपर घेराबार तयार गरिएको क्लबका अध्यक्ष विदेन राईले जानकारी दिए।

खेलमैदान निर्माण गर्न २०७२ सालमा स्थानीय समाजसेवी इन्द्रदेव राईले १२ लाख ५० हजार रुपैयाँ मूल्यबराबरको २४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए। यस्तै प्रदेशसभा सदस्य राजेन्द्र राईले खेलमैदानसम्म सडक पुर्‍याउन सात लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए। तर दुर्गममा खेलमैदान निमार्ण भइरहँदा गाउँपालिकाले भने कुनै चासो नदिएको स्थानीय मुमीहाङ राई गुनासो गर्छन्। पटकपटक गाउँपालिकालाई खेलमैदान स्तरोन्नतिका लागि बजेट माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको उनले बताए।

खेलमैदानसँगै पाँच मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको मञ्च र १० मिटरको प्यारापिटसमेत तयार गरिएको छ। खेलमैदानकै लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको छ। त्यस्तै यो वर्ष वडाबाट पनि पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ। जिल्लाकै उत्कृष्ट खेलमैदान बनाउन क्लब र स्थानीय सरोकारवाला निकाय दिनरात लागिपरेको क्लबका सचिव जंगनाथ राईले बताए। निर्माण काममा गाउँपालिकाले सहयोग नगरे पनि आफूहरू तल्लीन रहेको उनले बताए।

यसअघि खेलमैदान अभावमा गाउँका युवापुस्ता फुटबल खेल्न सदरमुकाम, छिमेकी गाउँका खेलमैदान धाउने गरेका थिए। अहिले खेलमैदानको स्तरोन्नती राम्रो भएपछि पहिले जस्तो अन्य ठाउँमा गएर अभ्यास गर्नुपर्ने बाध्यता हटेको स्थानीय युवा विसन राईले बताए। खेलमैदानमा शौचालयको अभावले खेलाडी र दर्शकलाई समस्या हुने भएपछि गाउँपालिका र वडामा बजेटका लागि आग्रह गरेपनि सुनुवाइ नभएको समाजसेवी इन्द्रदेव राईले गुनासो पोखे। खेलमैदान तयार भएपछि प्रतियोगिता आयोजना गर्न सहज भएको छ। यसबाहेक खेलमैदानको लम्बाइ भागमा पर्खाल, प्यारपिट थप्नुपर्ने र अन्य केही भौतिक संरचनाको काम बाँकी रहेको संस्थाका सदस्य मुमिहाङ राईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.