बलात्कारपछि महिलाको हत्या

बलात्कारपछि महिलाको हत्या

बर्दिबास : महोत्तरी गौशाला नगरपालिका–१० स्थित थापाटोलकी एक महिलाको हत्या भएको छ।

स्थानीय २२ वर्षीया घुरकी भनिने शर्मिला सिंह दनुवारको हत्या भएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर किशोर आचार्यले बताए। उनको शव मडाहा खोलानजिक नथु आलेको खेतमा फेला परेको छ।

‘शर्मिलाले लगाएको कुर्ता च्यातेर मुख र घाँटी कसिदिएको छ। सुरुवाल खोलेर हात बाँधेको अवस्थामा शव भेटिएको छ,’ आचार्यले भने, ‘गुप्तांग रक्तामय छ। आँखामा नीलडाम छ।’ निर्वस्त्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

परिवारजनले शर्मिलाको सामूहिक बलात्कारपछि हत्या भएको बताएका छन्। राम्रोसँग बोल्न र कपडासमेत लगाउन नसक्ने सुस्तमनस्थितिकी शर्मिलाको हत्याले सिंगो शोकमा डुबेको स्थानीय दिनेश महतोले बताए।

शर्मिला जन्मदै सुत मनस्थितिकी थिइन्। जहाँ पायो त्यहाँ जान्थिन्। अरूले नै लुगा फेराउने र नुहाइ दिनुपथ्र्याे। गरिब परिवारकी उनीसँग कसैको मनमुटाव थिएन। फरक क्षमता भएकाले उनलाई सबैले माया नै गर्थे।

घटनास्थल प्रकृतिका आधारमा उनलाई अन्तै यातना दिएर त्यहाँ ल्याई फालेको प्रहरी अनुमान छ। बाँधेका शरीरका भाग फुत्काउन छटपटिँदा खुट्टानजिक जमिन माडिएको छ।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको जनाएको छ। पोस्टमार्टमपछि प्राप्त रिपोर्ट, घटनास्थल मुचुल्का र प्राप्त प्रमाण तथा संकेत संकलन गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.