चिनियाँ राष्ट्रपति आउनुअघि श्रृंगारिएका काठमाडौँ  (तस्बिर)

चिनियाँ राष्ट्रपति आउनुअघि श्रृंगारिएका काठमाडौँ  (तस्बिर)

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनफिङ आउने खबरले काठमाडौंका मुख्य सडक फेरिएका छन्। यही असोज अन्तिम साता काठमाडौं आउने भएका उनको स्वागतका लागि रातारात काठमाडौंका स्वरूप फेरिएको हो। 

उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थानहरू सजाइँदै छ। उनको राजकीय भ्रमणको लागि हिजोसम्म फुङ्ग उडेको देखिने सडकहरू चिल्लो पारिएको छ। झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ। जमिनमा हरियो दुबो बिच्छ्याइएको छ। बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरहरूले छोपिएको छ। खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन्।

बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजमा लगाइएका तस्बिरहरू।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.