दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- 'तडकभडक नगरौँ'

दसैंको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- 'तडकभडक नगरौँ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका छन्।

बडादसैं २०७६ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् भन्ने कामना पनि गरेका छन्।

प्रधानमन्त्रीको सन्देशको पूर्ण विवरण

‘‘दिदीबहिनी तथा दाजुभाइहरू, हामी नेपालीहरूको महान र परम्परागत चाड बडादसैंका उपलक्ष्यमा यहाँहरू सबैमा अर्थात् देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक एवं मङ्गलमय शुभकामना व्यक्त गर्दछु। दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकताको चाड हो, पुनः मिलनको चाड हो, आफन्तहरूका बीचमा, छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने चाड हो।

यो चाड आफूभन्दा ठूलाहरूबाट आशीर्वाद लिने सानाहरूलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो। यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ। भव्यताका साथ मनाइहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरूलाई तोड्दै जानुपर्ने आवश्यकता छ।

यो चाड मनाइरहँदा स्वास्थ्यलाई ध्यान दिने, मित्रतालाई ध्यान दिने, सामाजिक शान्तिलाई ध्यान दिने, छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने गरौँ। परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया, ममता र सद्भाव फैलियोस्।

यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ। चाडहरू बढी खर्चालु नहून्। हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमा पनि ध्यान दिन जरुरी छ।

आज हामी राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा छौँ। यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रुपमा विकास पनि गर्नु छ। यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ।

हामी ‘समृद्ध नेपाल, सुखी नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौँ। यस अभियानमा यो दसैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस्। म यस बडादसैंका अवसरमा शुभकामना व्यक्त गर्दछु। धेरै धेरै शुभकामना।’’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.