ब्रह्माण्ड बुझ्न सिकाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

ब्रह्माण्ड बुझ्न सिकाउने तीन वैज्ञानिकलाई नोबेल पुरस्कार

काठमाडौं : सन् २०१९ को भौतिकशास्त्र विधाको नोबेल पुरस्कार संयुक्त रूपमा तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ।

पुरस्कार वैज्ञानिकहरू जेम्स पीबल्स, मिकेल मेयर र डाइडर क्वेलोजलाई ब्रह्माण्डको उत्पत्ति तथा यसको संरचनाको बुझाइमा योगदान गरेबापत प्रदान गरिएको हो।

मंगलबार पुस्कारको घोषणा गर्दै रोयल स्वीडीस एकेडेमी अफ साइन्सले पीबल्सलाई आधा र वैज्ञानिकद्वय मेयर र क्वेलोजलाई आधा प्रदान गरिएको बताएको छ। रोयल स्वीडीस एकेडेमी अफ साइन्स विज्ञानतर्फको नोबेल पुरस्कार वितरक हो।

को हुन् पुरस्कार विजेता?
जेम्स पीबल्स
वैज्ञानिक जेम्स (जीम) पीबल्स सन् १९३५ को अप्रिल २५ मा क्यानडामा जन्मिएका हुन्। पछि उनले अध्ययन र कर्मथलो अमेरिकालाई बनाएका छन्। मनीटोबा विश्वविद्यालयबाट ब्याचलर सकेका पीबल्सले प्रिन्स्टोन विश्वविद्यालयबाट पीएचडी पूरा गरेका हुन्।

८४ वर्षीय वैज्ञानिक पीबल्सले ब्रह्माण्डको सैद्धान्तिक संरचनाको स्वरूपका बारे महत्वपूर्ण योगदान गरेका छन्। सोही योगदानका लागि उनलाई सन् २०१९ को भौतिकशास्त्र विधाको नोबेल पुरस्कार प्रदान गरिएको छ।

पीबल्सका क्यावन्टम मेकानिक्स (१९९२), प्रिन्सीपल्स अफ फिजिकल कस्मोलोजी (१९९३), फाइन्डिङ द बीग ब्याङ (२००९) लगायत पुस्तक प्रकाशित छन्।

मिकेल मेयर 
वैज्ञानिक मिकेल मेयर स्वीजरल्यान्डका नागरिक हुन्। उनी सन् १९४२ को जनवरीमा जन्मिएका हुन्। उनले खगोल विषयमा जेनेभा अब्जेभेटोरीबाट सन् १९७१ मा पीएचडी उपाधि लिएका छन्।

मेयरका न्यू वल्र्डस इन द कसमस : द डिस्कभरी अफ एक्जोप्लानेट्स (२००१), नानोटेक्नोलोजी : एसेस्मेन्ट एन्ड पस्र्पेक्टिभ्स (२००६) लगायत पुस्तक प्रकाशित छन्।

डाइडर क्वेलोज
सन् २०१९ को भौतिकशास्त्रको नोबेल पुरस्कार पाउनेमध्ये क्वेलोज सबभन्दा कान्छा वैज्ञानिक हुन्। उनी सन् १९६६ मा स्वीजरल्यान्डमा जन्मिएका हुन्।

सन् १९९५ मा वैज्ञानिक क्वेलोज जेनेभा विश्वविद्यालयका पीएचडी विद्यार्थी हुँदा ब्रह्माण्डको संरचनाको बुझाईमा महत्वपूर्ण कुरा पत्ता लगाए । क्वेलेजले उनका पीएचडी गाइड वैज्ञानिक मिकेल मेयरसँग मिलेर सूर्य जस्तै ताराको परिक्रमा गर्ने सौर्यमण्डलभन्दा बाहिर रहेको ग्रह पत्ता लगाएका थिए । सोही योगदानका लागि उनलाई नोबेल पुरस्कार प्रदान गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.