नगरपालिका कार्यालयमा थुपारिँदै बजारभरीकाे फोहर

नगरपालिका कार्यालयमा थुपारिँदै बजारभरीकाे फोहर

सर्लाही : बजारको सबै फोहर बरहथवा नगरपालिकाको कार्यालयमा थुपार्न थालिएको  छ। सप्तमीदेखि जम्मा भएको फोहर नगरपालिकाले सफा नगरेपछि कार्यालयमा लगेर फालिएको स्थानीय व्यापारीले जनाएका छन्। 

स्थानीयका अनुसार चाडवर्पको समयमा बजारमा धेरै फोहर जम्मा भएको थियो। पटकपटक फोहर उठाउन अनरोध गर्दापनि कुनै सुनवाई नभएपछि वाध्य भएर नगरपालिका कार्यालयमा फालिएको हो। 

बजारको फोहरले भरिएपछि अहिले नगरपालिकाको कार्यालय दुर्गन्धित बनेको छ। दशैँ लागेदेखि नै नगरपालिकाले बजारको फोहर उठाउन काम नगरेको बरहथवा उद्योग बाणिज्य संघका अध्यक्ष निरंजन दासले बताए। 

चाडपर्वका बेला किनमेल गरिने ठाउँ नै फोहर बनेपछि आग्रहहरु आउन छाडेको र  बाध्य भएर व्यापारीले सबै फोहर नगरपालिकामा थुपारीदिएको दासले जानकारी दिए। लेखापालले चाडपर्वको मुखमा दुईजना मेस्तरको तलब र खर्च नदिएपछि उनीहरुले फोहर उठाउन छाडेको नगरप्रमुख देवानन्द महतोले बताएका छन्।

‘नगरपालिकामा १२ जना मेस्तर छन्। १० जनाले तलब पाएका थिए। दुई जनाले तलब पाएका थिएन्। दशैंमा बैंक बन्द भएपनि आफुले नगदी नै दुईजनालाई तलब दिएका थियौं’, उनले भने,‘लेखापालको कारण चाडपर्व खर्च कसैले पनि पाएको छैन्, चाडपर्वको सयममा खर्च नपाएपछि मेस्तरहरु रिसाएर फोहर उठाउन छाडेका छन्, मेस्तरले फोहर उठाउन छाडेपछि केही राजनीतिक दलले यसको मौकाको फाइदा उठाउँदै मेस्तर उचालेर नगरपालिकामा फोहर फाल्न लगाए।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.