कृष्णबहादुर महरा अस्पतालमा

कृष्णबहादुर महरा अस्पतालमा

काठमाडौं : थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । 'रेगुलर चेकअप'का लागि महरालाई नर्भिक अस्पताल पुर्‍याइएकाे महानगरीय प्रहरी परिषरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। 

बोगटीका अनुसार प्रेसरको समस्या देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको हो। भर्ना गर्ने कि नगर्ने भन्ने विषयमा डाक्टरहरुबीच छलफल भइरहेको छ।

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । 

महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरीसमेत दिएकी थिइन्। उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको ती महिलाको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.