कृष्णबहादुर महराको स्वास्थ्य असामान्य, केही दिन अस्पताल मै बस्ने

कृष्णबहादुर महराको स्वास्थ्य असामान्य, केही दिन अस्पताल मै बस्ने

काठमाडौं : थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई केही दिन अस्पतालमै राखिने भएको छ। भर्ना भएका छन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार स्वास्थ्य अवस्था असामान्य देखिएपछि चिकित्सकहरुले महरालाई अस्पतालमै राख्ने निधो गरेका हुन्। 

'चेकजाँचपछि उहाँको स्वास्थ्य अलि असामान्य देखियो', डीएसपी बोगटीले भने,'स्वास्थ्य अवस्थालाई ध्यान दिँदै केही समय अस्पतालमै राख्ने कुरा भएको छ।' 

महरालाई बिहीबार दिउँसो 'रेगुलर चेकअप'का लागि नर्भिक अस्पताल पुर्‍याइएकाे थियो। उनको प्रेसर र स्वासप्रस्वासमा समस्या देखिएको प्रहरीले जनाएको छ। 

संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । 

महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले शनिबार महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा किटानी जाहेरीसमेत दिएकी थिइन्। उनले असोज १२ गते राति आफ्नो कोठामा आएका महराले बलात्कार प्रयास गरेको ती महिलाको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.