कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

कुश्मा : वर्षा रोकिएर कालीगण्डकी नदिमा पानीको वहाव घटे लगत्तै जलयात्रा (र्‍याफ्टिङ )सुरु भएको छ। मनसुन लम्बिएका कारण यस वर्ष झण्डै एक महिना ढिलो गरी जलयात्रा सुरु भएको हो। कालीगण्डकी नदीमा पानीको सतह बढेपछि गत जेठ अन्तिम सातादेखि बन्द थियो।

पानीको सतह कम भएर नियमित सञ्चालन गर्न सकिने भएपछि गत सातादेखि औपचारिक रूपमा सुरु गरिएको व्यवसायीले बताएका छन्। कालीगण्डकीमा आ सेप्टेम्बर पहिलो सातादेखि नोभेम्बरको मध्यसम्म सञ्चालन हुने भए पनि यसपटक झण्डै एक महिना ढिलो गरी जलयात्रा सुरु भएको हो।

निरन्तरको वर्षा नरोकिएका कारण गत साता दोस्रो समूहले जलयात्रा गरेको स्विसा र्‍याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसन कम्पनीका प्रबन्ध निर्देशक देव रेग्मीले जानकारी दिए। छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए। एक सिजनमा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका छन। तर यो सिजनमा वर्षा, बाढी, पहिरो जाने क्रम लम्बिएकाले सेप्टेम्बरको सुरुमै बुक गरेका धेरै पर्यटकले र्‍याफ्टिङ रद्द गरिसकेको रेग्मीले बताए। कालीगण्डकी नदीमा १० वटाभन्दा धेरै कम्पनीले र्‍याफ्टिङका लागि पर्यटक भित्त्याउँदै आएका छन्।

पर्वतको कुश्मा नगरपालिका –१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखि सुरु हुने र्‍याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुंगिन्छ। तीन दिन लाग्ने जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ। कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्। यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोप र अमेरिकाका पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.