चिनियाँ राष्ट्रपति सी भ्रमण : आइतबार सार्वजनिक बिदा

चिनियाँ राष्ट्रपति सी भ्रमण : आइतबार सार्वजनिक बिदा

काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सीको राजकीय भ्रमणको दोस्रो तीन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए । 

चिनियाँ रााष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्दैछन् । यसअघि नै सरकारले २०७३ कात्तिकमा भारत र चीनका राष्ट्र प्रमुखको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय सरकारले कार्यान्वयन गरेको मन्त्रीको भनाइ छ । 

दुई दशकपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका अवसरमा नेपालको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता तथा समझदारी हुने तयारी छ । 

राष्ट्रपति चिनफिङ असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमणमा आउने छन् । नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुनेछ । सँगै केरुङ–काठमाडौँ रेलमार्ग निर्माणको लगानीको ढाँचाबारेमा समेत छलफल गरिने  छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.