सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो (अपडेट)

सिन्धुपाल्चोकमा बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो (अपडेट)

युवराज पुरी/ रोजन तामाङ

सिन्धुपाल्चोक/ काभ्रे : इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ। भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। 

पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य यात्रुको उपचारका लागि अस्पताल लाने क्रममा र धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएका अन्य ५२ जनामध्ये पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए। 

बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको डीएसपी माधव काफ्लेले जानकारी दिए। 

इन्द्रावती ९ का हिरा श्रेष्ठ,  सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको घटनास्थलमै मृत्यु भएको हो। 

त्यसैगरी उपचारका लागि अस्पताल लाने क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, इन्द्रावती ९ की जुनादेवी लम्साल, गणेश तामाङ, सुमित फुर्कटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको हो। धुलिखेल अस्पतालले घाइते दुईजना काठमाडौं न्युरोमा रिफर गरेको छ। अन्य घाइतेको उपचार भइरहेको छ। 

बसमा दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुको खचाखच भएकाले मृतकको संख्या अझ बढ्न सक्ने स्थानीय राजु आचार्यले जानकारी दिए।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भएको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.