गाडी नपाएपछि यात्रुको बिचल्ली, तोकिएभन्दा दोब्बर भाडा

गाडी नपाएपछि यात्रुको बिचल्ली, तोकिएभन्दा दोब्बर भाडा

ओखलढुंगा : दशैं मनाएर गन्तव्यमा फर्किएका यात्रु सवारी साधान नपाएपछि अलपत्र परेका छन्। ओखलढुंगाका विभिन्न गाउँबाट सदरमुकाम आएका यात्रु जिल्ला बाहिर जाने सवारी साधन नपाएपछि अलपत्र परेका हुन्। 

ओखलढुंगाबाट काठमाडौं तथा तराईका अन्य जिल्ला जान सदरमुकाम आउनु पर्छ। ग्रामीण क्षेत्रबाट सदरमुकाम आएका यात्रुले सवारी साधान नपाएपछि समस्या भएको गुनासो गरिरहेका छन्। सवारी साधान नपाएपछि सदरमुकाम ओखलढुंगाको रमाइलोडाँडामै अलपत्र परेको बस पर्खेर बसेकी सुनकोसी गाउँपालिकास्थित च्यानमकी निर्मला नेपालले बताइन्। उनले भनिन्,‘दिनभरि पर्खँदा पनि गाडी पाइएन, भाडा पनि २ हजार लिने रहेछन्, आउँदा त १ हजार १ सय तिरेको थियो, भोली चाँही पाइन्छ कि।’

यात्रुको चाप बढेपछि टिकट काउन्टरबाट तोकिएभन्दा दोब्बरसम्म भाडा असुल्ने गरिएको चिसंखुगढीबाट इटहरी हिडेकी रमिका राईले गुनासो गरिन्। काउन्टरमा यात्रु मिलेर दोब्बर बढी पैसा दिने र रिजर्भ गर्ने भनेपछि जीप तथा बोलेरो उपलब्ध हुने गरेको उनको भनाइ छ। 

‘नियमित भाडा तिर्ने यात्रुलाई भने सवारी अभाव भनेर यात्रा गर्न निकै कठिन बनाइदो रहेछ’, उनले भनिन्।  सुरक्षा निकायले समेत यात्रुको गुनासो सुनुवाइ गरेका छैनन्। यात्रु सहायता कक्षमा गाडी नपाएको गुनासो गर्न पुगेका यात्रुहरुले यातायात व्यवसायीको जस्तो जवाफ पाउने गरेका छन्। 

‘प्रहरी खटाइएको ठाउँमा व्यवसायीको भन्दा खरो रुपमा साधान छैन, हामीले के गर्ने, भनेर जवाफ दिन्छन्, काउन्टरमा रिजर्भ गर्छु मात्रै भन्यो भने तुरुन्तै जीप पाइन्छ, यहाँ भाडा दोब्बर लिनेदेखि सवारी व्यवस्थापनमा मिलेमतो रहेछ, सर्वसाधारण चाँही मर्ने?’, यात्रु राकेश दर्जीले आक्रोश पोखे। 

जीप व्यवपायीको काउन्टर संचालक बाबु श्रेष्ठले धेरै चाप बढेको, गाउँ गाउँमा सवारी जान थालेकाले पर्याप्त साधान नहुँदा सामान्य समस्या आएपनि भाडा बढी लिने र रिर्जभमा पठाउने कुरा गलत भएको दावी गरे। यातायात व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरी पोष्ट ओखलढुंगाका प्रमुख असइ पदमप्रसाद भट्टराईले सवारी साधान कम र यात्रुको चाप बढी हुँदा समस्या आएको बताए। उनले बढी भाडा र रिर्जभको कुरा यात्रुसँगको मिलेमतोमा भएको हुन सक्ने भन्दै यात्रुले प्रहरीसँग गुनासो राखेमा तत्कालै कारवाही हुने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.