विमानस्थलमा चिनियाँ राष्ट्रपतिको स्वागत

विमानस्थलमा चिनियाँ राष्ट्रपतिको स्वागत

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि आएका सीलाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत गरेकी हुन् । राष्ट्रपतिले स्वागत गरे लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् । 

राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले विमानस्थलमै 'गार्ड अफ अनर' दिएको छ। 

सीको स्वागतका लागि सडक चिटिक्क पारिएको हो। सरकारले सीको स्वागतका लागि रातारात काठमाडौंका सडकको स्वरूप फेरेको हो। उनलाई स्वागत गर्न काठमाडौंका विभिन्न स्थान सजाइएको छ। उनको राजकीय भ्रमणको लागि हिजोसम्म फुङ्ग धुलो उडेको देखिने सडक चिल्ला पारिएको छ। 

झार उम्रिएर घारी भएको तीनकुने रातारात बोटबिरुवा र फूलले भरिएको छ। जमिनमा हरियो दुबो बिच्छ्याइएको छ। बिजुलीबजारमा निर्माणाधीन अवस्थामा रहेको आर्क ब्रिजलाई तस्बिरले छोपिएको छ। खाल्डाखुल्डी भएका रोड रातभरिमा पिच भएर टिलिक्क टल्किएका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.